नया वर्ष कस्तो भयो ?
कसरी मनाउनु भयो त ?
कुनै दिन थियो सबै साथीहरु को यहि प्रश्न गर्थेयो
कहाँ जाने यसपाली को नया वर्ष मा घुम्न लाई ?
को को जाने घुम्न लाई ?
कोहि भन्थेयो यसपाली त काठमाडौं जाने
म त बाबा संग
कोहि भन्थेयो सागा मा जाने, कोहि भन्थेयो खै कहाँ जानु भकुन्डे जान्छु
यस्तै यस्तै उत्तर मा मेरो उत्तर हराई रहेको थियो किन कि म संग कहिँ जाना लाई
पैसा थिएन
के गर्ने कसो गर्ने दोधार मा पर्यो म,....
नभन्दै नया वर्ष १ गते भयो के गर्ने क नगर्ने ? सबै साथी हरु घुम्न जाने भयो तर
मेरो केहि
प्लान नै थिएन ........
खुसि को कुरा दाई आउनु भयो अनि भन्नु भयो "कहाँ घुम्न जाने आज ?"
"खै पैसा नि छैन कहाँ कहाँ ?"
फेरी दाई ले भन्नु भयो "भकुन्डे जाने भए हिन"
त्यति भने पछि म ममी लाई पैसा मागे "ममी
पैसा दिनु न म दाई संग भकुन्डे घुमेर आउछु |"
ममी "किन जानु पर्यो ? पर्दैन जानु "
नाई जान्छु के ममी
दाई ले पनि भन्नु भयो "म संग एकछिन घुमेर आउछ नि "
यति भने पछि ममी ले मलाई ममी को थैली बाट २०० रुपिया निकालेर दिनु भयो |
म एक्दम खुशी थियो किन कि म पनि नया वर्ष मा घुम्न जना पायो
र अर्को खुशी थियो मेरो हातको २०० रुपिया,
मेरो हातमा कहिले पनि त्यति धेरै पैसा हुदैन थियो तर आज छ |
खुशी को सिमा नै थिएन, खुसीले भुइमा खुट्टा नै थिएन
न भन्दै भकुन्डे मा पुग्यो हामी, त्यहाँ पुगे पछि अरु दाई अनि दाई को साथी हरु संग
भेट्यो हामी दाई हरु को हुराकानी भयो
अनि हामी नमोबुद्ध जाने भयो |
म यति धेरै खुशी भयो कि सायद खुशी को सिमा नै थिएन किन कि गोजी मा २००,
अनि नमोबुद्ध को
यात्रा…..
हामी नमोबुद्ध पुग्यो अनि घुम्न थाल्यो
तर मेरो गोजी को २०० को २०० नै बाकी थियो
किन कि मैले पैसा खर्च गरेको नै थिएन
अनि हामी फर्कियो घुमेर तर मलाई नमो
बुद्ध सारै राम्रो लाग्यो
ठुला ठुला बुद्ध को मुर्ति अनि गुम्बा
हरु मलाई त्यहाँ को सबै कुरा राम्रो लाग्यो
हामी खाजा पनि नखाई फर्केयो फेरी हामी त्यही भकुन्डे मा आइपुग्यो
सबैलाई भोक लागेको हुन ले सबै जाना होटेल तिर
लाग्यो
अनि दाई र म पनि एउटा होटेल मा छिरेर दाई को लागि मोमो र मेरो लागि चाउमिन
ओर्डेर गर्यो.....
खाजा खाइसके पछि हामी साथी हरु भकुन्डे चोक "एप्पल कम्प्युटर" को आगाडी भेट भयो|
जनम दाई ,विकाश सम्दि, रोहण दाई ,सोनाम दाई, प्रकाश दाई
अनि फेरी पनि नया वर्ष को शुभकामान
साटा साट गरियो .. ....
अनि सबै जना आफ्नो घरतिर लाग्यो .........



कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें