जब म ह्वोशमा आयो तब सबै कुरा अनौठो लागि रहेको थियो ।
किन कि म मेरो रूममा थिएन, म एउटा बन्द
कोठामा थुनिए को थिए । बेड, बेडमाथी म, म माथी पातलो च्यादर,
च्यादरमाथी रंगीन फूलहरुका चित्र
सुम्सुम्याउदैछु। हातमा मोबाइल, नजिकै एउटा टेबुल, टेबुलमाथि छरिएर रहेका मेरा प्यारा दुश्मन, म ती दुश्मनहरुको मुख हेर्न पनि चाहन्न। तर के गर्नु समय
समयमा ती दुस्मनहरुसँग मित्रता गरिन भने नप्यारो मृत्युको मित्र बनिने पनि डर छ,
मर्न डर लाग्छ। केही थान क्याप्सुल, ट्याब्लेट अनि एउटा मीठो झोल भिटामिनको बोत्तल,
शारीरिक कमजोरी र मनको तनावका कारण म बिस्तरामा
परेकोथिएं त्यसैले भिटामिन खानु परेको थियो, अनि निन्द्राका गोलि।
तीन दुश्मनहरुसँगको मित्रताले हिजो भन्दा आज ज्यानले केही राहत पाएको थियो,
हिजोसम्म नचलेका
औँला चिलाइरहेका थिएं, के लेखौं के लेखौ भैरहेको थियो। कोठामा कोहि थिएन, म एक्लो थिएं बोलाउने
कोहि थिएन सुनिदिने कोहि थिएन, तर पनि त्यो छतमा झुन्डिएको पुरानो पंखा, जो घ्याँर-घ्याँर,
घुँर-घुँर,
चुइँ-चुइँ गरि
मलार्इ हेर्दै मेरो यो अबस्थालार्इ गिज्यर्इ रहेको थियो ।, तर मैले उसका कुरा बुझिन र ध्यान
पनि दिइन, यसैबिच छेउमै रहेको एउटा कान नबज्ने अधुरो हेडफोन तानेर मोबाइलसंग जोडिदिएं,
संगितमा भुल्न
चाहें, अधुरो
हेडफोन, अधुरा
मेरा सपना अनि अधुरा प्रेमको भाव बोलेका गितहरु सुन्न थालें।, मलाई रोमान्टिक गितहरु
भन्दा पनि वियोग र समर्पणका भाव भएका गित बढी मन पर्दथ्यो। र मेरो प्रिय गायक
नरेन्द्र प्यासिको आवाजको गित
"सायद जाती हुन्थ्यो होला तिम्रो याद नआउने भए,
तिम्रो माया बिना तिम्रो साथ बिना जीवन सुहाउने भए"
यहि बोलको गित एक कानमा गुन्जिरहेको थियो।
अकस्मात म त्यही गितको भावमा चुर्लुम्म डुब्न थालेछु, अघिसम्म के लेखौं के लेखौं
भैरहेका औंलाहरु चल्न जोड दिइरहेको थियो, बिगत, तिमीसँगका कुरा अनि दिलमा तिम्रा यादहरु झरी
पर्नुभन्दा पहिले मडारिएको कालो बादल जसरी मडारिदै गएका थियो, अनि त्यो विगत, तिमीसँगका तितामिठा बात
र ती तिम्रा यादहरुलाइ लेख्न मस्तिष्कले यी औंलाहरुलाई निरन्तर दवाव दिइरहेको थियो
। मैले पनि लेख्न थालें त्यो समय अनि तिमी र म साथै हामिबिचका कुरा अनि हाम्रो
सम्बन्ध । साँच्चै लेख्नु त मन थियो "हाम्रो माया" । तर कसरी लेखौं
"हाम्रो" शब्द? जबकी "तिमी" तिमी नै रह्यौ "म" म नै
रहें। "हामी" सकेनौं……………
क्रमशः
बाँकी दोस्रो भाग छिट्टै ल्याउनेछौं
धन्यवाद ।।
आकाश छुने आशमा बिना पखेटा फुर्र फुर्र उडेको मन, आज चट्टान जस्तो तिम्रो दिलमा
ठोकिएर टुक्राटुक्रा भैदियो,
दोष तिम्रो होइन , नियतिको हो जसले मेरो भाग्यमा पत्थर सँग प्यार हुने
दुर्भाग्य लेखिदियो
