शनिवार, 28 अप्रैल 2018

विजातीय प्रेम भाग -२


सोच्दा सोच्दै कति खेर निदाएछु थाहा नै भएन, एकै चोटी बिहान अलराम बज्दा पो बिउजेछु |
फ्रेश भएर कलेज तयारी गरियो, अनि सुनिता लाई कल गर्यो उसको नम्बर off रहेछ |
कलेज आउछ होला भनेर म कलेज गए तर उ आज कलेज मा पनि आएन !
मनमा छटपटी भयो, क्लास मा बस्नै मन लागेन | ९ बज्यो  अब त कलेज छुटी हुन आदि  घण्टा बाकी थियो |
तर उ offline भएको १२ घण्टा भैसेको थियो |
१५ /२० चोटी मैले उसको नम्बर मा कल गरे तर उसको मोबाइल off थियो |
मलाई उसको "म तिमीलाई माया गर्छु |" यति सुन्न को लागि पागल भैसेको थियो |
कलेज सकेर रूम मा आएर मोबाइल हेरेको त १० बजेको रहेछ, काम मा जाना डिला भए छ |
हतार हतार मा खाना पनि नखाई काम मा गए | आज खाना खाने मन पनि थिएन  | Cyber मा काम गर्थेयो म, त्यहाँ पुग्न साथ Cyber को दाई ले भन्नु  भयो
 " गुड मर्निङ्ग बाबु "
"गुड मर्निङ्ग सर "
" आज किन डिला नि मिलन ? "
 "आउदा आउदै डिला भयो सर "
"ठिक छ, अनि खाना खायो त ?"
मुस्कानको साथ " खाए सर, हजुर ले खानु भयो त  ? "
"छैन, खाना खाको भए तिमी एकछिन पसल हेर्दै गर म खाना खाएर आउछु "
"हुन्छ सर "
"अनि भित्र पनि हेर्दै गर है "
"हस सर "
सर खाना खानलाई रूम मा जानु भयो |
मलाई दिन काट्न गह्रो भैरहे को थियो | उनलाई मरो केहि वास्ता नै छैन रहेछ |यस्ता यस्तै कुरा हरु मन मा खेल्न थालेयो | दिउसो खाजा खाने पनि मन थिएन, तर coffe र एउटा चुरोट खाए | उनको कल को पर्खाइमा नै बित्ने भयो जिबन जस्तो लग्यो |
उसलाई SMS  पनि गर्न मन लागेन किन कि उसले मलाई परिक्षा लिए को नि हुन सक्छ |
यस्तै कुरा हरु मनमा खेलाएर रूम तिर लागे | बिहान पनि खाना खाएको थिएन सारै भोक लागि रहेको थियो, तर पकाउन आल्छी लागि रहेको थियो | यतिकै बेड मा पल्टेर बसे,
भोलि पल्ट उ कलेज आयो, मलाई हेर्दै मुसुक्क हासिन म पनि उसलाई हरेर हासी दिए |
उसले पनि केहि भनिन मैले पनि केहि भन्न सकिन  ..........

हेरा हेर भयो तर केहि भने आट आएन मलाई, म उसको आगाडी निशब्द भए केहि बोल्न सकिन  मेरो आगाडी को बेञ्च  मा थियो उ |म उसको पछाडी .....
क्लास मा बस्नै मन लागेन अनि साथी हरु संग होटेल तिर गए ......
सधै झैँ चिनी कम कडा कफी अनि चुरोट को साथ होटेल नै थर्किने गरि हासो को हल्ला |
त्यही समय सुनिता त्यहाँ आइपुगिन 
म पछाडी फर्केर बसेको हुन ले थाहा पाएन मैले |
मेरो गालामा थप्पड बजे पछि थाहा पाए उनि  त्यहाँ आएको रहेछ |
सबै ले मलाई हेरी रहेको थियो |
अनि उनले भन्न थालिन "पढ्नु पर्दैन ? पढ्न आएको कि यसरी हल्लिन आएको कलेज मा ?"
मैले केहि गर्न पनि सकिन, केहि भन्न पनि सकिन किन कि उ मैले माया गर्ने मान्छे थियो |
उसके पहिले पनि भने को थियो चुरोट नखाऊ भनेर, गल्ति मेरो नै थियो  |
क्लास मा हरेको त सर आइसक्नु भाको रेछ | क्लास मा जना मन लागेन अनिता लाई SMS गरे मेरो बुक हरु पसलमा ल्यदेउ भनेर अनि मा रूम मा गए ....
नास्ता बनाउदै थियो घरबाट ममी को फोन आयो |
"बाबु कस्तो छ त् लाई?खाजा खायौ ?"
"उम् खाए, हजुर ले खानु भयो त  ? "
"खाए बाबु, सुन त बाबु भोलि घरमा काम छ घरमा आउहै बाबु "
"हस मामु "
 नास्ता खाएर पसलमा गए, अनिता किताब छोडेर गको रहेछ किताब लाई भित्र राखेर काम मा लागे |
मेरो फोन off थियो on  गर्न पनि चाहेन..........
बेलुका मा घरमा फर्के  २/३ दिन मेरो कलेज छुटियो |
मैले फोन पनि भकुन्डे फर्के पछि मात्र On गरे .....
साथी हरु को SMS  आएको रहेछ, "कता हारको मिलन ?, कता गायब मान्छे  ? , ओइ कलेज किन नआएको ?, ओइ के भो त् लाई ? " यस्ता यस्तै Online  नगको पनि धेरै  भको थियो |
खै किन हो आज भोलि facebook  चलाउन खासै मन लाग्दैन थियो |
जब भोलि पल्ट कलेज गए सबैले सोध्न थाले , " के भयो ? किन कलेज नआएको ?, सुनिता ले थप्पड हानेको रेन्त तिमी लाई | किन हानेको ? " यस्ता यस्तै मैले केहि भन्ने किन कि मैले कसैलाई उत्तर दिन जरुरी ठानेन |
सुनिता पनि मलाई हरेन केहि बोल्न सकिरको थिएन |
अनि मैले म बस्ने बेञ्च नै चेन्जे गरे |
क्लास सकेर फर्किदै थियो, मलाई बाटो मा रोकेर भन्यो |
" के भयो ? किन हिजो अस्ति कलेज नआएको ? "
" घरमा गको थियो "
" रिसको मसंग  ?"
"छैन किन रिसाउनु नि हिन जाऊ आज अलि धेरै काम छ पसल मा ?"
भकुन्डे चोक सम्म संगै गको हामी न उ बोल्यो न मैले केहि नै भन्न सके,
चोकमा पुगेर उ बोल्यो "चटपटे खाने ?"
"नाई पेट दुखिर छ बिहान को चटपटे ले जान्छु है भरे कल  गर्छु  "
हुन्छ भन्ने भाबले उनि टाउको हल्लायीन किताब हरु राखेर पसल मा गए म | काम पनि खै के भनु खासै तलब थिएन | खाजा खान र कलेज फी तिर्न मात्र पुग्थियो |
रति खाना खाएर कल गरे ......
"हेल्लो "
"हजुर "
"के छ ? खाना खानु भयो ?"
"उम् खाए ,हजुरले खानु भयो त  ? "
"उम् खाको...... के गर्दौ हो नि ? "
"नोट सर्दै छु CDL  को अनि हजुर ?"
" यतिकै बसी र छु, खै त  मेरो answer  ल मैले अस्तिनै दिएको होइन ?"
"कहिले खै ? "
"English  बुक को ३९ पेज मा हेर्नु त  .."

     "खै काहाँबाट शुरु गरौँ मेरा भावनाहरु, सायद कसैको लागि यो मेरा पहिलो र अन्तिम पत्र होला । यो पत्र च्यातेर फाल्नु अगाडि तिमी एकपटक मेरो भावनालाई बुझ्ने प्रयास गर । सम्बोधन गर्दिन म तिमीलाई , प्रिये भनु भने यो मनले मान्दैन । हराई रहेछु म सपनाको संसारमा तिमी मेरो सपनाको एक मुख्य पात्र हौ । तिमी बिनाको मेरो सपना अधुरो रहनेछ । आज मलाई यो के भैरहेको छ खै, कसरी म आफ्ना मनका भावना व्यक्त गरौँ ? म तिमीलाई एकदमै माया गर्छु । कहिलेदेखी र किन भन्ने प्रश्न को उतर मसँग छैन । मसँग छ त्यो सुर्यको किरण जुन हिँउले ढाकिएको पहाड आइ ठोकिएको छ, हो तिमी मेरो किरण हौ । म यो सानो कागजको टुक्रामा आफ्नो मनको बह पोख्दै छु । तिमीलाई सम्झेर मैले यो कागजमा के के लेखेँ आफैलाई थाहा छैन । संसारलाई बिर्सिसकेँ तिम्रो यादमा,रचीसकेँ प्रितका गितहरु । थाहा छैन आज यो सब किन भैरहेको छ । साहित्य आफै प्रस्फुटीत हुदा रहेछन् । जुन मानिस प्रेममा पर्छ,उस्ले आफनो मायालाई सम्झेर के के लेख्छ के के आफैलाई थाहा हुदैन भन्ने त सुनेको थिए तर मैले सुनेको कुरा सही रहेछ भन्ने लागिरहेको छ । आज आकासरुपी यो सुनसान शान्त छानो र चम्किला ताराहरुको माँझमा बसेर सम्झदै छु । त्यही क्षण र त्यही मायालु अनुहारलाई। थाहा छैन आफैलाई यो के भैरहेको भनेर थाहा छैन तिमीले यो पत्र पढेर के सोच्ने छौ, सायद मलाई नै सम्झीरहेको हुनेछौ, तिमी मेरो हरेक धड्कनसँगै धड्कीरहेको छ । तिमी मेरो मुटुमा कैद छौ । मेरो मुटुको प्रत्येक धड्कनले तिमीलाई पुकारीरहेछ । म तिमीलाई आफुभित्रै राख्न चाहान्छु । यदि तिमी आफुलाई खोज्न चाहान्छौ भने आउ म देखाउनेछु तिमी काँहा छौ मेरो जिन्दगीमा भनेर । तिमी मेरो मन, मुटु,मस्तिष्क अनि मेरो रक्तकणमा नशा झै घोलिएर मेरो जिवनमा छाएको छौ । मेरो जिवमा तिमी केवल आफुलाई पाउनेछौ मात्र आफुलाई । कति लेखु, जति लेखेपनि थाक्दैनन यी औलाहरु, अनि सकिदैनन मेरो मत्रभित्रबाट तिम्रा निम्ती जन्मिएका मायाप्रेमका शब्दहरु । Please मेरो भावनालाई नटुक्राउ ल यदि तिमी मलाई चाहदैनौ भने म जानेछु धेरै टाढा तिमी जिवनबाट कुनै अपरिचित मायालु बनेर । जति कुरा लेखे पनि प्रत्येक शब्ले भनि रहेको छ कि I Love You, के तिमी मलाइ माया गर्छौ, तिम्रो निर्णयले नै मेरो जीवनको बाटो निर्धारण गर्नेछ । "


फोन काटी सकेको थियो | उसको SMS आयो "Good Night भोलि कलेज जाने बेला कुरेर बस्नु है मलाई "
बिहान चाडै उठेर फ्रेश भए अनि उसलाई उसलाई कल गरे
"आउदै छु पेटोल पप्म मा आइपुगे २ मिनेट मा चोकमा आइपुग्छु "
"हस हजुर "
म पनि ड्रेस लाएर चोकमा सुनिता लाई पर्खेर बसे ....
सधै झैँ उनि सिम्पल अनि अरु भन्दा फरक, कलि हिस्सी परेकी, आउदै गरेको देखे
उसलाई देख्न साथ म मन्द मुस्कान ले उसलाई स्वागतम गरे | उनि पनि मलाई देखेर लजाउदै मेरो छेउ मा आइन
उनि "कलेज जाने होइन ?कि हरेर मात्रा बस्ने ? "
 "तिमीलाई पाए पछि किन जानु पर्यो त कलेज "
यस्तै कुरा गर्दै गर्दै कलेज पुगेको थाहा नै भएन,
म सधै बस्ने बेञ्च मा मैले किताब राखे अनि उनि पनि मेरो किताब लाई अलि पर सर्दै मसंग बस्न आए |
यसरी नै हाम्रो दिन हरु………
बित्दै थियो, हामी जहाँ  पनि संगै संगै जन्नथ्यो | यति सम्म कि,
लाग्थ्यो कि हामी एक अर्का बिना कहिँ पनि जानासक्दैनौ |
पहिले सधै क्लास मा बस्ने हामी अब त क्लास मा बस्न पनि छोडी थालेको थियो |
कहिले काफ्ले थोक को " हरे राम " मन्दिर कहिले कलेज पछ्डी को त्रिवेणी घाट को "जगबजेश्वोर" मन्दिर
घन्टौ एक अर्काको अंगालो मा बाधिएर आफ्नो मनको कुरा हरु सुनाएर बस्थ्यो  | हाम्रो मन मा रोपेको प्रेम बिरुवा ले ठुलो रुप लिदै थियो |
थाहा छैन कहिले सम्म को लागि हो यो नौटंकी हरु को  माया भन्दै थियो कुरा काट्ने हरु | सुनिता र मेरो हरेक कुरा हरु मिल्थेयो किन कि हामी दुइको परिवारको अवास्त उस्तै थियो |
सुनिता ले कुरा गर्दा खेरि सधै भन्ने गर्थेयो "मिलन तिमीलाई त थाहा छ नि मेरो ममी हुनु हुन्न, यदि मलाई केहि भैहाल्यो भने मेरो त आफ्नो भन्नु तिमी भाहेक कोहि छैन | बाबा को हाल त देख्नु भको होला नि सधै रक्सी खानु हुन्छ | मलाई सधै कराउनु हुन्छ, म के गरु मिलन ? आज सम्म जे छु सबै काकी ले नै हेर्नु भको छ मलाई | Plz मिलन मलाई कहिले पनि एक्लै छोडेर नजाऊ है | म त तिमी बिना मरी हाल्छु |" यति भन्दै मेरो अंगालो हालेर बर्खे झरी झैँ आखा बाट खसालेर रुन थाले | म निशब्द भए उसलाई अंगाल्दै म पनि उसंगै रुन थाले | आदि घण्टा को रुवाई पछि आसु पुछ्दै उसले भनि
" नरोउ के, तिमी त कस्तो केटि मान्छे जस्तै रुन्छौ Plz नरोउन "
आसु पुछ्दै,अनि उसको आखाको आसु पनि पुछिदिए "अब देखि यस्तो कुरा नगर है "
"हस अब हामी कलेज सक्के पछि बिहे गर्नु पर्छ है "
मैले पनि नाई भन्न सकिन अनि टाउको हल्लाएर सहमति जनाए |
तर हाम्रो यो सब कुरा उसको घरमा थाहा पाएछ .......


क्रमश :

बुधवार, 25 अप्रैल 2018

तिमी र म भाग : २



म जिन्दगी लाई त्यही बाट सुरु गर्न चहन्थेयो |
  जहाँ न कसैलाई पाउने चाहना नै थियो, न कसैलाई गुमाउने डर थियो |
  तर जिन्दगी ले पल पल रुवायो, अनि रक्सि को समुन्द्रमा मलाई डुबायो
कहिले निस्किनै नसक्ने गरी, चुरोट को धुवा मैले पल-पल मा फेर्ने सास भयो |
  कुनै बेला लग्थेयो किनार नभएको  लामो नदी हो जिन्दगी,
  डिल नभएको फराकिलो आगन हो जिन्दगी |
  तर आज नदीको दुइ किनार छुटिएको छ |
बाहिर तिर मलाई देख्दा पनि मेरो साथी को आमा बुबा 
हरुले तिनी हरु लाई मेरो संगत नगर भन्छ रे |
  कुनै दिन पढाई त फलानाको जस्तो होस् भन्दै मेरो नाम
 लिने काका काकी हरु ले आज म संग नहिड भन्छ रे |
मैले त तिमी बाट माया चाहेको थियो | तिम्ले त मेरो सबै 
लुटेरा गएउ मेरो हासो, खुसि, भोक, प्यास, निन्द्रा सबै लिएर गयो |
  मलाई थाहा थियो तिम्रो मायामा बिष छ भनेर,
  तर तिम्रो पिलाउने तरिका नै यति खास थियो कि मैले नाई भन्न सकिन |
  त्यही भएर आज मेरो यस्तो हाल छ
म पनि मेरो गन्तब्य सम्म पुग्थे होला, सायद तिमीलाई नभेटेको भए | ..........
आज मन भरि मर्ने इच्छा हरु थुपार्दै, अनि बच्ने चाहना घटाउदै बाच्नु परेको छ |
सुने को थियो उसको आर्कै केटा संग बिहे हुदैछ रे
 भनेर एका बिहानै भाइले सुति रहेको ठाउमा आएर भन्यो |
  उ मबाट टाढा भए पनि फेरी म उसलाई 
पाउने चाहना मनमा थुपार्दै थियो तर भाई को कुरा सुनेर 
म एकासी छागा बाट खसे झैँ भयो, मैले टेक्ने धर्ति
 फाटे झैँ भयो, आकाश खसेर मलाई थिचेको जस्तो लग्यो |
  के गर्ने के नगर्ने दिमाग ले सोच्नै सकिन |
त्यही बेला उसै को SMS  आयो 
" २३ गते मेरो बिहे हुने भयो बिहेमा जसरी भए पनि आऊ है |"
अनि मैले केहि पनि नसोची झ्याल मा लुगा सुकाउन राखेको डोरी देखे |
केहि नसोची त्यो डोरी टिपे अनि पंखामा डोरी लाई लगाएर मर्ने निधो  गरे........
क्रमश :

सोमवार, 23 अप्रैल 2018

विजातीय प्रेम



प्रेम, माया सायद यो शब्द हेर्दा र सुन्दा
जति छोटो छ नि, तर यसको गहिराई
बुझ्न धेरै नै गाह्रो 
सायद यस्तै रहेछ माया प्रेम ....
SLC  सकेर कलेज जोइने  गरेको
थियो | सुरु सुरु मा त कोहि साथी हरु
चिन्दैन थियो अलि कस्तो कस्तो भयो कलेज जान पनि
जब राहुल लाई चिन्यो तब मलाई कलेज जना पनि रमाइलो हुन थाल्यो |
तर हाम्रो समस्या के थियो भने म Education र राहुल  Business पढ्थ्यो |
हाम्रो क्लास रूम फरक थियो |
उसले सधै भन्थ्यो तिमी पनि Business मा आउन |
तर मलाई ब पढ्न  मन हुदा हुदै पनि ई मै बस्न मन थियो |
 कारण थियो आगाडी बेञ्च मा बस्ने केटि
नाम के हो उसको त्यो त थाहा थिएन  तर
हल्का काली हिस्सी परेकी, कति राम्री नाक चुची
बाहुन को छोरी .....
खै किन हो कुन्नि मेरो मन सधै उ प्रति नै तानी रहे को थियो |
तर कलेज सुरु जना थालेको २ महिना भएको थियो, उनीसंग म आपरिचित नै थियो |
तर अलि अलि हेरा हेर चै हुन थाले को थियो |
एकदिन मैले उसलाई किताब मागे पढ्न लाई,
"हेल्लो, मलाई आज हजुरको किताब दिनुन मेरो नोट लेख्नु छ |"
किताब दिदै "किताब मात्रा किन अरु चै चाहिदैन ?"
हल्का लजौदै"उम्म, दिने भए चाहिन्छ "
हासो को साथ " के चाहिन्छ ? "
म निशब्द भए .......
भोलि पल्ट मलाई कलेज को गेट मा कुरेर बसेको रहेछ,
उसले हई गरिन क्लास को साथी हरु संग आउदै थियो म
 केटि हरुलाई गरेको होला भनेर मैले केहि गरिन अरु साथी हरुले "हेल्लो के छ ?
 कति चाडै आए को नि आज ?"
उनि :" हास्दै उम्म आज अलि छिटो भयो "
क्लास मा पुगे पछि उनले मलाई भनि ..
"के हो मेरो किताब खायो कि के हो ?"
किताब दिदै "छैन हो खाको चै "
उनि हसिन ....अनि म पनि.......
सर आउनु भयो क्लास मा सबै जना मौन थियो |
अनि नोट लेख्दै थियो हामी ......
सर गए पछि उनले मलाई कागज  को टुक्रा दियो,
भित्र के छ त्यो त थाहा थिएन हेर्न मन लग्यो
खोलेर हेरे "तिम्रो नाम के हो ?"
अनि मैले तेसैको पछाडि " मिलन, अनि तिम्रो ?"
फेरी कागज दिदै "सुनिता गौतम, फसेबूक मा के नाम छ नि ?"
 तेसैको पछाडि "मार्श मेल्लो, अनि तिम्रो ?
यसरी कुरा गर्दा घन्टी सक्केको थाहा नै भएन 
 मेरो प्रश्न को उत्तर आएन………..
यसरी कुरा गर्दा घन्टी सक्केको थाहा नै भएन ......
 अनि मेरो प्रश्न को उत्तर आएन, ....
भोलि पल्ट उ कलेज मा पनि आएन, मलाई सारै पिर पर्यो
खाजा खान लाई प्रभा ले बोलायो सधै झैँ चटपटे बनाउन लगायो |
 अनि म कालो चिया संगै एउटा चुरोट तान्दै बसे |
अनि अञ्जुले बोल्यो "केहो चुरोट मात्रा खाने को यता चटपटे पनि खाने  ?"
म हल्का मुस्कान अनि चुरोट को धुवा मुखबाट
 निकाल्दै चटपटे को चम्चा हातमा लिदै " मेरो पनि पैसा परेको छ म पनि खान्छु नि "
बेलुका फेसबुक खोलेर हेरे एउटा friend request आएको
 रहेछ सुनिता को खुशी लाग्यो | accepted  गर्यो अनि massage  पठायो
"हेल्लो "
"हई"
"के छ ?"
"ठिकै छ "
"के गर्दै होनी "
"यतिकै अनि तिमी नि ?"
"खाना बनाउदै छु "
"मलाई पनि है "
"हुन्छ ...कहिले आउछौ त  ?"
"अहिले नै आउछु "
"हो र  ? यति रति ? डर लाग्दैन त ?"
"तिमी लिन आउन  "
"कहाँ सम्म ?"
"पेट्रोल पम्प सम्म "
"हस  आए है त  ......"
"ह ह ह ह ..."
"किन हासेको ?"
"केहि नाई"
"अनि आज किन कलेज न आएको नि ?"
"घरमा काम थियो, खाना खाएर आउछु है  "
"हस "
यसरी नै दिन हरु बित्दै थियो |
एकदिन भकुन्डे चोकमा बसेर साथी हरु संग
 चुरोट खादै थियो, मौसम सधै जसो सिम-सिम पनि परि रहेको थियो |
 मेरो मोबाइल मा sms आयो
" के हो पारा ?? ठिक छैन है ..."
मैले तुरुन्त त्यो नम्बर मा फोन गरे
"हेल्लो "
"के हो पारा ठिक छैन है "
सुनिता रहेछ
" कहाँ बाट पायो मेरो नम्बर पायो ?"
"जहाँ बाट  भए पनि पायो नि ... त्यो चुरोट खाने बनि ठिक लागेन है मलाई "
हास्दै "हस हजुर, हजुर ले भन्नु भयो आज बाट नै छोडी दिन्छु "
"ल ल  धेरै हावा मान्छे हरु संग हिड्ने होइन नि "
"हुस हजुर, हजुर को जो आज्ञ " 
"चटपटे  खाने भए भैया को मा आउनु "
"हस आयो है त "
उनि एक्लै कालो छाता ओडेर बसी रहेको रेछ, उनलाई देख्न साथ मन्ध
मुस्कान को साथ उनि भको ठाउमा गएर  उनि संगै उसको छाता मा गुस्दै…….
"कति खेर आए को नि बजार ? "
"आदि घण्टा भयो"
"को को आए को नि  ? "
"एक्लै "
" ए ... केहि काम थियो ? "
हास्दै "अब तिम्लाई भेट्न लाई पनि कुनै काम चाहियो होइन त  "
हास्दै "जोक गर्ने पनि लिमिट हुन्छ नि "
भैया ले चटपटे पुरानो किताब को पाना मा दिदै " लिनुहोस् चटपटे "
उनले चटपटे हातमा लिदै "तिर अब पैसा "    
पैसा तिरे अनि चटपटे खाना थाले |
खाई सके पछि "जान्छु है भरे फोन गर्छु |"
म तेही बसेर उनि जादै गरेको हरेर बसे, पछाडी फर्केर हेर्दै थियो, .....
अमी रूम मा गएर खाना पकाएर खाए, अनि उसको मिस्स कल कति खेर  आउछ भनेर कुर्दै थियो |
८ बजे तिर कल आयो..
"खाना खानु भयो ? "
"उम्म खाको, अनि तिम्ले खायो त  ?"
"खायो, अनि क गर्दै हो नि ?"
सिरानी च्यापदै "तिम्लाई मिस्स गर्दै छु "
"हावा "
हास्दै "हावा रे? फेरी भोलि को कान्तिपुरमा भोटे को छोरा ले बाहुन्नी उडायो भन्ने समचार प्रकासीत होला नि "
"जे पयो तेइ "
"एउटा कुरा सोधु ?"
"उम् सोध्नुन"
"Do u love me ?"
उनले केहि भनेन फोन राखिन ...फेरी मैले कल गरे तर उठाएन, SMS आयो, उसले गरेको रहेछ |
"भोलि भन्छु "
 भोलि को दिन को प्रतिक्षा मा थियो म के उत्तर आउछ उसको ? (एस \ नो)
दोधार मा पर्यो म निन्द्रा पनि लागेन, कौसी मा गए हावा चलि रहेको थियो |
 अनि आकाश मा बिजुली चम्कि रहेको थियो |
अनि मेरो मन पनि कहिले यता कहिले उता भैरहेको थियो |
बाहिर हावा चलि रहेको थियो | मेरो मन मा  आधि बेरी चलि रहेको थियो |
 रूम मा आएर बस्यो |
घडी हेर्दै, यो घडी पनि कति डिल चले को आज……
मन मा अर्को डर पनि थियो | उनि बाहुन को छोरी अनि म तामाङ, ........
मनमा प्रश्न हरु को हावा हुरी चलि रहेको थियो |
 उसलाई पाउने चाहना भन्दा गुमाउने डर धेरै थियो....
क्रमश :