शनिवार, 25 जुलाई 2020

मन छुने कथा

म चाहन्छु ...
केहि महिनापछि...
तिमी मलाई एक call गर
अनि त्यो Call Receive नहोस्
फेरि एक वर्षपछि ...
थोरै तिमीलाई चिन्ता होस् तिमी म्यासेज गर मलाई....
त्यो म्यासेज जसको कुनै जवाफ आउदैन ....
फेरि तिमी साच्चै , थोरै अरु चिन्तित हौ ...
तिमी सोच मेरो बारेमा
मेरो आवाज, मेरो हरेक कुरा, मेरो अनुहार तिम्रो लागि मैले गरेको चिन्ता ...
मेरो साथमा बिताएको हरेक समय ...
फेरि तिमी मलाई एक call गर
अनि फेरी कुनै Response नहोस्
फेरि तिमी मलाई message गर,
जसको कुनै जवाफ आउँदैन
तिमी अचानक धेरै बेचैन हौ,
तिमीलाइ सारा कुराहरु याद आओस्,
तिमी लगातार मेरो बारेमा सोच
तिमीलाई सबै कुरा याद आओस्
सबै सबै कुरा ...
अनि फेरि एकदिन तिमीलाई निद्रा नलागोस्
मात्रै मेरो याद आओस् ...
तिमी मलाई social media मा खोज
फेरि message गर ...
फेरि call गर ...
फेरि कुनै जवाफ नआए
तब तिमी phone Gallery खोलेर
मेरो तस्बिरहरु हेर ....
तिमीलाई रिस उठ्यो भने
चिच्याउ कराउ, रुन आए रोऊ
तिमीलाई महशुस होस् म कुन हालमा रहेको छु ?
दुखी हुनु के रहेछ ?
टुक्रिदा कस्तो हुन्छ ?
फेरि केहि पनि राम्रो लाग्दैन
तिमी फेरि हर ठाउँमा मलाई नै खोज
फेरि एक पटक अन्तिम समय तिमी मलाई हेर्न खोज,
मलाई सुन्न खोज,
मलाई अंगाल्न खोज,
मलाई अंगालेर रुन खोज,
तिमी फेरि पागल झैँ हौ
त्यो मायाको लागि ...
जो मात्र तिम्रो अनि,
मात्र म बाट पाउन सक्थ्यौ,
अनि त्यो हालमा सुन्ने वाला
म ...
कहिँ टाढा
कुनै शहरमा
आफ्नो कोठामा
आधा रातमा
त्यो हरेक म्यासेज पढेर तिमीलाई याद गरु
फेरि त्यो म्यासेज डिलिट गरि दिन्छु
त्यसको कुनै जवाफ आउँदैन
तिमी महशुस गर मुटु टुक्रा हुनुको पीडा,
एकान्तमा एक्लै रुनुको पिडा...
कसैलाई केहि भन्न नपाउँदाको बेवास्ता...
सारा काम जबर्जस्ती लाग्न थालोस्,
मात्रै हर समय
निद्राको औषधि पनि बेकामको लाग्न थालोस्
हर समय निदाउँदा, उठ्दा, मेरै याद आओस्
म नै हर समय तिम्रो दिमागमा रहुँ ...
त्यो समय ...
जब यो सबै होस्
सायद तिमीलाई समझ्ना आओस् कि
तिमी कति गलत थियौ,
तिमीले के गर्यो ?
अनि फेरी तिमीले के पायौ ?
अनि तिमीले के गुमायौ ?
तब तिमीले सबै कुरा बुझ्नेछौ
म कुन हालमा थिएँ,
म सबै चाहन्छु,
हो साच्चै ...
तर यो साचो हो
आज पनि तिम्रो
हरेक call र message लाई
बडो मुस्किलले ignore गर्ने गर्छु
आज पनि तिम्रो Facebook को हरेक फोटो save गर्ने गर्छु,
आज पनि तिमीलाई online मा देख्नको लागि mbl चलाउछु
तर अब कुनै msg गर्दिन पनि......
किनकी म चाहान्छु ........
तिमी पनि एकपटक महसुस गर्न सक..
त्यो सब.....
जुन मैले गर्दै आएको छु।।।😢😢😢

एकचोटि_अवश्य_पढ्नुहोला

#एकचोटि_अवश्य_पढ्नुहोला

४ दिन Facebook मा कुरा गरेर मान्छेलाइ True love परिराछ र ३ हप्ता पछि सम्बन्ध छुट्टीराछ।😳
१५ बर्षको केटी पिडामा छी, उस्को Boyfriend ले उसलाई राम्रो बेबहार गर्दैन रे।😷
१७ बर्षको केटी/केटा हात काटी राछन् किनकी उनिहरुलाइ लाग्छ जिबन भनेको shit हो रे जस्लाइ जिन्दगी भनेको क हो थाहा छैन।😝
जुन उमेरमा हाम्रो आमाबुबाहरु बेलुका साथिहरु सँग खेल्न जाने कि नजाने भनेर सोच्नु हुन्थ्यो। त्यो उमेरमा आजकल केटी /केटा हरु सङै जीउने मर्ने कसम खाइराछन्। 😲
१९ बर्षको केटीलाइ यदि बुबाले राती घर बाट बहिर जान दिनु भएनभने उसलाई लाग्छकि उसलाई घरमा कैदी बनाएर राखी राछन् अनि यक्दम कडा गर्छन् , तर तेहि तेस्को so called Boyfriend ले भन्यो भने: Awwww baby म तिमीलाइ धेरै माया गर्छु तिमीले मेरो कति ख्याल राख्छौ। तेसैले त म तिमीलाइ धेरै माया गर्छु नी।😠
यो ऊनीहरुको लागि हो जस्ले सोच्छ अब जिन्दगी मा केही रहेन सब सक्यो,just because of relationship? 😬
Oh let me tell you that you have no idea what life actually is..🖕
Firstly, stand on your feet and then know what is life.
बाबुआमाको सम्पत्ति खाएर Life Life गर्नेलाई पछी आफैले कामाउने भएपछि देख्छौ के हो life भनेर ।
बाबुआमाले गरे जस्तो माया र ख्याल कसैले गर्दैनन् ।😊

यो चुरोटको विज्ञापन होइन

यो चुरोटको विज्ञापन होइन
~सरस्वती प्रतीक्षा
जसरी सम्हालेर राख्छन् मान्छेहरुले
गुलाफका फूलहरु/प्रेमपत्रहरु
सिनेमाका टिकटहरु/क्याडवरीका खोलहरु/सँगै खिचिएका तस्बिरहरु
त्यसरी नै अतिशय प्रेमले
सम्हालेर राखेकी छु मैले केही थान चुरोटका ठुटाहरु !
दिल खोलेर हाँस्न जोसँग पनि सकिन्छ
पूरै दिल खोलेर रुन खास मान्छेसँग मात्र सकिन्छ
म कसरी बिर्सन सक्छु–
पहिलोपटक मेरो एउटा हात समातेर भित्रैबाट ऊ रुँदा
उसको अर्को हातमा चुरोट थियो
सँगै ब्ल्याक टी पिउँदा
ब्ल्याक लेबलको रक्सीले भन्दा बढी नशा लागेपछि
वेटरलाई चियाको मूल्यभन्दा दोब्बर टिप्स दिएका थियौं
त्यहीबखत पहिलोपटक उसको एउटा हातले
मेरा केशराशीहरुको लम्बाइ नाप्दै गर्दा
उसको अर्को हातमा चुरोट थियो
धुम्रपानविरोधी एउटी स्वास्नीमान्छे
आजकल उसले छोडिगएका चुरोटका ठुटाहरु देख्दैमा तरंगित हुन्छु
मानौं,
चुरोटका ठुटाहरु चुरोटका ठुटाहरु होइनन्
उसको स्पर्शको चास्नीमा डुबाइएका प्रेमग्रन्थहरु हुन्
मान्छेहरु प्रेमको साक्षी
मन्दिर वा गुम्बा बनाउँछन्, रुख वा नदीनाला बनाउँछन्
उड्दै गरेको चुरोटको धुवाँलाई साक्षी राखेर ऊ भन्छ,
–‘तँ किताब ! आइज म तँलाई पढ्छु
तँलाई शब्दमा मात्र होइन
शब्द–शब्द बीचको ग्याप र ग्यापको सुक्ष्मतामा पढ्छु ।’
झगडा, घुर्की, समर्पण, प्यासन
सबै भाव र रंगहरुको सिंगो प्याकेज ऊ
त्यही प्याकेजको लयसँग लय मिलाउँदाका साक्षी चुरोटका ठुटाहरु
एउटा अपत्यारिलो सत्यका साक्षी चुरोटका ठुटाहरु
कतिसम्म निख्खर हुनसक्छ प्रेम
र तिख्खर हुनसक्छ प्रेमको स्वाद ?
तमाम तत्वबोधका साक्षी चुरोटका ठुटाहरु
माफ गर्नुहोला
चुरोटको कुनै अमूक मल्टिनेशनल कम्पनीको विज्ञापन होइन यो
अहँ, यो चुरोटको विज्ञापन होइन !
साभार :

ऊ मख्ख छे

"ऊ मख्ख छे"
ऊ थुप्रै नाम चलेका ग्रुपको Active Member हो ऊ हाबा पोस्टहरुको खेति गरेर स्त्रीलम्पट हरुको like comment फलाऊछे।
ऊ एक पन्णित पनि हो Comment मा थोप्लो दिएकै भरमा ऊसले भबिसायबाणि गर्दिन्छे।
दिनमै बिस तिस पोस्ट गर्छे
"यो ग्रुपको एऊटा केटा मन पर्यो"
"टाऊको दुख्यो"
"गर्मि भयो "
"म कस्तो लाग्छ?? "
"घिरौला मन पर्दैन"
"मलाई Crush भन्ने को को हुनुहुन्छ "
"मेरो फोटो पनि कुनै भाग्यमानिको मोबाईल मा कसो नहोला र "
यस्तै हाबा पोस्टले दिनचर्या कटछ ऊसलाई मलाई अरूले के सोच्छन भबिस्य मा मलाई के भन्छन पटक्कै प्रबाह छैन। हो ऊसको पोस्टमा गालि पनि ऊत्तिकै आऊछ जबाफमा ऊ भन्छे दुनिया मा करोणौ मानिस छन दुई चार जना टेढिदैमा केहि हुदैन। रिषाऊदै पोस्ट गर्छे "मेरो पोस्ट को आधारमा मलाई Judge नगर्नुहोला " तिमिलाई नदेखेको नभेटेको मानिसले तिम्रो पोस्ट ले तिम्रो मुल्याकंन गर्ने त हो पोस्टबाट मुल्याकंन नगरेर के बाट गरोस ।। ऊ बिस्तारै Boys को Secret रुमहरुमा छाऊछे भित्र भित्रै चरित्र हिन भन्नेको जमात बढिसकेको हुन्छ। तर ऊ अनबिज्ञ छ किनकि ऊसका पोस्टहरु ले नै ऊसलाई तल झारिरहेछ ऊसलाई भबिस्य को कत्ति चिन्ता छैन। भोलि कसैले यो त ग्रुपमा जिस्किएर बस्ने केटि हो भनेर घरबार नहुने सम्म पनि चिन्ता छैन । स्मरण रहोस राजा रामले माझिको कुरा सुनेर पबित्र सितासंग सम्बन्ध तोडेथे यो त कलियुग हो सानो कुराले ठुलो रुप लिन्छ। ऊ क्षणिक रमाईलो मा डुबेकि छ खराब भनेर नभनुन पनि कसरि ऊसले काम नै त्यस्तो गरेकि छ केटा जिस्काऊने पोस्ट गरेकि छ दुनिया संग झगडा गरेकि छ कहिल्लै ज्ञानगुन र आर्दस का कुरा गरेकि छैन राम्रो लाई त सबैले राम्रो भन्छन झमक कुमारि कै ऊदाहरण दिऊँ ऊहाले सब्द ले नै सबैको मन जित्नु भएकै छ ऊहाँलाई सबैले राम्रो नै भन्छन। ऊ आफ्ना सब्दहरुले आफैमा बदनाम हुदैछे ऊसले आफ्नो भबिस्य बिगार्दै छे तैपनि हजारौ ले उसको पढछन ऊ अझै पनि मख्ख छे केटाहरुले कमेन्ट गरेकै छन ऊसको समय पनि सजिलै संग कटदैछ ।।।आसा छ ऊ सुध्रियोस पोस्ट गरोस पोस्ट गर्नु नराम्रो हैन तर राम्रो कुरा लेखोस ऊसका लेखहरु मिडिया मा आऊन
~ सम्पुर्ण नारि हरुप्रति समर्पित
हो यो सब पढेर मलाई तालि हैन कति सानो सोच भनेर गालि आऊनेछ तर म बास्तबिकता लेख्न बाट बिचलित हुनेछैन
#Bitter_truth

हात्ती र कुकुर को कथा

एउटा कुकुर र हाती एकै पटक गर्भवती भए I गर्भवती भएको दुई महिना पछि कुकुरले आधा दर्जन छाउरा पायो I त्यसको केही महिना पछि फेरि कुकुरले बच्चा पायो I हाती जस्ताको त्यस्तै छ I कुकुरले फेरि केही महिना पछि फेरि तेस्रो पटक बच्चा पायो I तर हाती फेरि पनि उस्तै छ I 

कुकुरले बडो फूर्तिका साथ हाती नजिक पुगेर भन्यो; "हैन ए हाती, तिमी त गर्भवती भएको होइन कि के हो? हेर त मैले तीन तीन पटक बच्चा पाइसकें I सबै हुर्किएर ठुला, जंगे कुकुर बनिसके I तर तिम्रो त केही चालचुल छैन त?"

हातीले मुसुक्क हाँस्दै भन्यो "हेर, तिमीले दुई महिनामा झन्डै आधा दर्जन बच्चा पाउँछौ I तर, म झन्डै दुई वर्ष लगाएर बल्ल एउटा बच्चा पाउँछु I तर, जब मेरो बच्चा जन्मन्छ, धर्तीले स्पर्शको महसुस गर्छ I मेरो बच्चाले बाटो काट्दा सयौं मानिसहरु गाडी रोकेर हेर्न लालायित हुन्छन, क्यामरामा कैद गर्न उत्सुक हुन्छन I मेरो मात्र होइन, लामो समयसम्म धैर्यता राख्ने सबैको प्रतिफल महत्वपूर्ण हुन्छ !"

कहिले काहीं छिमेकी, साथीभाई, आफन्तले फटाफट प्रगति गरेको देखेर मन खिन्न बनाउन हुदैन I धैर्यता गर्न सिक्नु पर्छ I हरेक व्यक्तिको दिन आउँछ I आफूलाई विस्वास गर्न सक्नु पर्दछ I पर्खन जान्नु पर्छ I आफ्नो लक्षबाट विचलित बन्नु हुँदैन I जब धैर्यवान र आफ्नो लक्षमा लगनशील  व्यक्तिले सफलता चुम्छन, त्यो हीरा भन्दा बढी महत्वपूर्ण र मूल्यवान हुनेछ !

साथी


एकजना छोराको धेरै साथिहरु थिए उस्लाइ यो कुराको बहुत घमन्ड थियो तर उसको बुवा को एकजना मात्र मित्र थिए जो सच्चा थिए ।

एकदिन बाबू ले छोरालाइ भने छोरा तेरो तेतिधेरै साथी हरुछन ती मद्धे कुनै तेरो सबैभन्दा नजिक घनिस्ट  साथी लाई उस्को घरमा भेट्न जाउ म उस्को परिक्ष्या लिन्छु त्यो तेरो साथी बन्न लायक छकी छैन।

 छोरो खुसी खुसी तयार भयो अनि राती १ बजे दुबै बाबू छोरा छोराको सबैभन्दा घनिस्ट साथिको घरमा पुगे।

जब बाबू छोरा छोराको साथिको घर पुगे छोराले साथिको घर को ढोका ढक्ढकायो तर ढोका खुलेन धेरै बेर ढोका खटखटाए पछि भित्र बाट आवाज आयो कि उस्को साथिले आफ्नो आमालाइ भन्दै थियो यदि कोहि मलाइ खोज्न आएको हो भने म घरमा छैन भनिदिनु ।।

यो सुनेर छोरा चाहिँ उदास भयो अनि दुबैजना निरास हुँदै त्यहाबाट फर्किए।।

तब बाबुले छोरालाइ भने भोलि म तलाइ म मेरो एकमात्र साथिलाइ भेटाउछु।।

फेरि अघिल्लो दिन जस्तै दुबै बाबू छोरा रात को १ बजे  बाउको साथिको घर मा पुगे त्यहा पुगेर जब बाबुले आफ्नो साथिलाइ बोलाए भित्र बाट आवाज आयो पख मित्र १ मिनेट म ढोका खोल्न आउदैछु।

जब ढोका खुल्यो बाबुको साथी एउटा हात मा पैसा र अर्को हातमा एउटा तरबार लिएर निस्किए अचम्म पर्दै उनले आफ्नो साथिलाइ सोधे के हो मित्र यो ?

बाबुको साथिले भने  यदि मेरो यति घनिस्ट मित्रले राती एक बजे ढोका ढक्ढक्याउछ भने पक्कै पनि उ कुनै समस्यमा हुनुपर्छ र प्राय एस्ता समस्या दुई प्रकार का हुन्छन यात तिमी समस्यामा छौ तिमिलाइ पैसा को आबस्यकता छ यात तिमीलाइ कसैसङग तिम्रो ज्यान को खतरा छ ।।

यदि तिमिलाइ पैसाको आबस्यकता छ भने यो पैसा लिएर जाउ यदि तिम्रो ज्यान खतरामा छ कसैसङ्ग तिमिलाइ डर छ भने यो तरवार लिएर हिड मपनी तिमी सङ्गै जान्छु।।

तब बाबुले आखाभरी आँसु पार्दै आफ्नो मित्रलाइ भने मलाइ कुनै चिज को जरुरत भएर म यहाँ आएको होइन मत बस मेरो छोरा लाइ सच्चा मित्रको उदाहरण दिनको लागिमात्र एतिराती तिमिलाइ दुख दिएको हु एस्कोलागी मलाइ माफ गर.........!!

एस्तो साथी जिन्दगिमा कहिले नचुनौ जो तिम्रो समस्या मा तिमिबाट टाढा रहन खोज्छ खाली तिम्रो खुसिमा मात्र तिम्रो साथ रहन्छ।।

सबै सच्चामित्र हरुमा समर्पित
--------------------

यहाहरु कोहि मसङग फेसबुकमा साथिबन्न चाहानुहुन्छ भने कमेन्टमा Add लेख्नुहोस 😊

मेरो मन को भावना स्पर्श

#मेरो_मन_को_भावना_स्पर्श 
--*--
पुरुष को प्रेम तबसम्म हुन्छ जबसम्म उ महिलालाई उसले स्पर्श गर्दैन ।
जबसम्म उसले ति महिलालाई छुएको हुँदैन तबसम्म उनको लागि ति महिला सारा संसार नै हुन्छिन । 

र जसरी महिला उसलाई भरोसा गर्न थाल्छे आफ्नो संसार सम्झिन थाल्छे, उसलाई आफ्नो सबैकुरा सम्झिन्छे ।

तब अचानक उस पुरुषलाई ति महिला घृणित लाग्छ , चरित्रहीन लाग्न थाल्छ । 

किन...

उन महिलाले त उसलाई भगवान् मान्न थाल्छे उसको राम्रो नराम्रो आदत लाई केही सोच्दिन...

तर पुरुष ले माया गरेकै हुँदैन थियो , उत सिर्फ महिलाको शरिर लाई पाउन चाहन्थ्यो । उसको भावना उसको प्रेम उसको महिला प्रतिको सम्मान एक देखावटी मात्र हुन्छ ।

यो सब यहीँ ओछ्यान सम्म आउन चाहन्छ महिलाको साथ। यदि पुरुष यत्ति नै पबित्र हुन्छ भने किन उ प्रत्येक महिलालाई बासनाको नजरले हेर्ने गर्छ । 

किन स्पर्श गर्न चाहन्छ हरेक महिलालाई र जुन हातले उ कुनै अपरिचित महिलालाई छुन्छ भने किन तिनै हातले आफ्नो श्रीमतिलाई छुन्छ । यदि एक पुरुष ले छुदैमा महिला अपबित्र हुन्छेभने उनै महिलालाई छुएर त्यो पुरुष कसरी पबित्र हुनसक्छ । 

उनै अपबित्र हातले छुनबाट उसको श्रीमती उसको छोरी कसरी पबित्र रहन सक्छन् । 

जुन खेल उ घरबाट बाहिर हरेक दोस्रो महिला को साथ खेल्न चाहन्छ ..... 

यहीँ खेल उसको आफ्नो श्रीमती या छोरी को साथमा अरु कसैले खेलिरहेको छ भने... 

के उसले अपनाउछ होला , या फ़ेरि आफुले आफैलाई माफ गर्न सक्ला?? 

-------*------

जुन पुरुष ले यस्तो हर्कत गर्दैछन् यो पोस्ट मा सिर्फ उनैको कुरा लेख्ने प्रयास गरेको हुँ । बाकी पुरुष हरुलाई भनेको नठान्दिनुहोस् । यो मेरो पोस्ट सहि छ या गलत ?यो कुरा धेरैजसो महिलाहरू ले राम्रोसँग बुझ्नेछ्न । जसको साथमा यस्तो भएको छ, या हुँदैछ । बाकी कसैलाई यो कुरा देखि गलत लागेमा माफी चाहन्छु मन परे share गरौ ।।

परदेशी

कथा : परदेशी 
भाग : १
लेखक : Anmoal Lamichhane 
( कथा सेयर गरेर सबै को सामु पुराउन सहयोग गर्दिनु होला ) 

म घर को जेठो बाठो भनेर म हुर्केको समाज ले नाम दिएर सबै घर को जिम्मेवारि मेरो थाप्लोमा थपिदिएको थियो ।मेरो सानो परिवार अनि सुखी परिवार थियो । तर मनिस को उमेर बढदै गए पछि चाहना अनि रहर बढ्दो रहेछ तर मेरो परिवार मा ठुलो घरमा बस्ने रहर थिएन अनि महङ्गो गाडी मा चडेर हिड्ने रहर पनि थिएन । बश एक छाक मीठो मसिनो र पानी र घाम छेक्ने घर अनि समाज मा शिर निहुराएर हिड्न पर्न बाध्यता नहोस र छोरा छोरी को पढाइ र बिहेबारी यिनै थिए मेरो परिवारको चाहाना भनु यात रहर जे भने पनि यिनै थिए । उमेर बढदै गए पछि बाध्यता र इच्छा ले पिसिदा पिसिदै हाम्रो परिवार सानो बाट ठूलो भयो तर परिवार त ठूलो भयो तर गरिबिको चोपेटा मा परेर ठुलो परिवार अनि दुखी परिवार हुन पुग्यो ।मेरो परिवार मा बुबा ममि दिदी , म र 
कान्छो भाइ छौ । दिदी को बिहे त बल्लतल्ल ऋण खोजेर गरेयौ । आय स्रोत केही छैन मात्रै ऋणको भर मा घर धानिएको छ । भाइ सानो छ पढ्दै छ म नि बल्ल 12 कक्षा पास गरे तर जागिर कहि पाइन कि आफ्नो मान्छे चाहियो कि त पैसा फ्याकेर जागिर गर्नु पर्यो म त गरिब परिवार को मान्छे न आफ्नो मान्छे जम्मा गर्न सके न त पैसा को बिटो थुपार्दिन सके । त्येसैले त मेरो अन्तिम बाटो उहीँ परदेश थियो ।परदेश उ त्यो पर को देश जहाँ नया ठाउँ नया मान्छे छ्न । धेरै पैसा खर्च गरेर राम्रो देश जाने त मेरो हैसियत थिएन त्येही खाडी कि त अरब नै जान सक्ने त्यो पनि पल्लो गाउँ को मुखिया सङ्ग ऋण खोजेर । बल्लतल्ल केही पैसा जता ततै छिरलेर पासपोर्ट बनाए यो बनाउन पनि कहाँ सजिलो छ र मेरो देश मा मान्छेको पावर चाहिन्थियो तर म सङ्ग के को पावर थियो र त्येही पैसाको बिटो अगाडि देखाएर पासपोर्ट बनाए अब खाडी को लागि भिसा लगाए । भिसा पनि आयो । अरु को घर परिवार मा रुवाबासी हुन्थियो भिसा आउदा तर मेरो घर मा त धेरै खुसियाली छाएको थियो त्यो पनि म परदेश जान पाउँदा । मेरो परिवार मा मलाइ परदेश को देश मा पठाउदा पनि खुसी थिए किन कि म त धेरै धन कमाउन जान लागेको थिए । म त तेहा घर को सामान जस्तै थिए बुबा आमा ले सबै रहर अनि सपना म सङ्ग नि भिडाएर बिदेश को भुमी  सङ्ग बेचिदिएका थिए । किन कि म भन्दा बढी मेरो परिवार मा पैसा को खाचो र किन थाहा छ मेरो परिवार ले त्यो पैसा ले मेरो बुबा को भाग मा परेको माथिको पाखा मा 12 पाथी कोदो फल्ने बारि जोगिन्छ अनि तल फाट मा 8/9 माना मुरि फल्ने दुइ हल को खेत पनि  आफ्नो पुर्खौलि को  नाम मा बनाउन सक्नु हुन्छ , दिन रात पानी पर्दा घर भरी भाडै भाडा थापेर सुत्नु पर्दा बिहान उठदा भित्र मझेरी भरी पानी को तलाउ हुदा अन्खेरा ले डुबुल्की मारेर फालनु पर्न बाध्यता लाई खेप्नु पर्दा , घर को धुरि बाटो चुहिएको पानी रोक्न नया छाना किन्न पैसा ले मात्र गर्न सक्थियो  तेति मात्रै कहाँ होर दशै मा छोरी ज्वाईं आउदा छोरी को खाम मा 20 रुपिया र ज्वाइको खाम मा पल्ला घरे काका सङ् सापटी मागेर ल्याएको हजार को नया नोठ खाम हाल्दिनु पर्दा त्यो बेला सापटी नखोजी दुई वटा हजार का नया नोठ  गर्व को साथ राख्न नि पैसा चाहिएको छ । यी सबै कुरा पैसा ले मात्र रोक्न सक्छ तेसैले त म भन्दा मेरो परिवार ले पैसालाई ठूलो मान्छ । त्येसैले म बिदेश जादा मेरो जहान खुसी छ । 

क्रमश 

परदेशि को बेथा

  

रहरका सबै सपना बेचेर बाध्यता को भारी काध मा राखेर आज पराइको देश मा ज्यान फालेर काम गरेको छु । म त गरिब देश को गरिब परिवार को मान्छे धेरै पैसा खर्च गरेर राम्रो देश जान सकिन ।साहु सङ्ग चर्को ऋण  लिएर तेहि पनि खाडी मुलुक मा आएको छु ।
सबै ले भन्थे बिदेश गएपछी त धेरै पैसा कमाइन्छ राम्रो काम पाइन्छ । तर यहाँ आएर भोग्ने ले मात्रै बुझेको छ पराइको देश मा काम गर्न कति गाह्रो हुन्छ भन्ने ।आमा म खाडी आए तर पैसाकोबाढि ल्याउन सकिन ।कम्पनी मा काम गर्न भनेर म बिदेश आएको म आज होटेल मा सिसा पुच्छ्ने काम गर्दै छु । कति गाह्रो छ अरुको देश मा गएर काम गर्न नभनेको बेला मा भनेको नै तलब पाइन्छ ।

आज सम्म जसो तसो गरेर पैसा पठाएको थिए आमा दिन रात नभनी पठाएको पैसा ले बुबा को सपना पूरा गर्न अझै सकेको छैन थाहा छैन कुन बेला कति बेला आएर साहु ले घर लिलाम गर्दिन्छ । चिनेका आफ्न्तजन साथी भाइ ले यो पठाइदे मोबाइल पठाइदे तिनीहरुलाई  भन्न सजिलो छ पठाइदे तर यहाँ कति गाह्रो छ ती सामान पठाउन  उनी हरु लाई थाहा छैन आज कल तेहि कारण ले होला साथी भाइ आफ्न्तजन नि टाढा हुन खोजेका छ्न । परदेश आएको दुई बर्ष हुन लाग्यो अझै आफू ले बोकेर आएका ती सपना पूरा गर्न सकेको छैन ।कति धेरै दुख कस्ट सहेर अरुको देश मा काम गर्नु परेको छ पिल्ज मेरो परिवार मेरा साथीभाइ मेरो आफ्नतजन ले मेरो मर्म मेरो पीडा बुझदिनु होला । मोबाइल दिन नसकुला , राम्रो सामान ल्याउन नसकुला तर सधै हजुर हरु साथ मा रहेर काम गर्न छु  ।

                       तपाईं हरु को मिल्ने परदेशी 

लेखक : अनमोअल लामिछाने 

मेरा गणितका गुरु ( कविता)

मेरा गणितका गुरू! 
मैले घोकेका साध्य र ज्यामितीहरू
आयतन र परिमितीहरू
अनि ती बिजगणितका डरलाग्दा
'ए' र 'बि'का सूत्रहरू
खै कहाँ काम लाग्छन् ?
जो बिराउदा कैयौ चोट पाएका थिए यी हातले
कैयौ मुर्गा बनाइएका थिए चौरमा
कैयौ पटक उभ्याइएको थियो डेस्कमाथि
र जबर्जस्ती जान्ने बनाइएको थियो मलाई,
मानौकी मेरो जिन्दगी अब फलिफापको बाटोमा अगाडि लाग्यो
तर अचेल मलाई हजारबार जिन्दगीले फेल घोषणा गर्छ,
हिसाब मिल्दै मिल्दैन जिन्दगीको
गुरू कुन सुत्र प्रयोग गरूँ म?
बाको रसिला आखाको आयतन कसरी निकाल्नू
आमाका हातको ठेलाको घनत्व कसरी नाप्नू
छोरि को भोकको क्षेत्रफल निकाल्ने सूत्र के हो?
हजुरआमाको लौरी कुन सूत्रले अड्याउने?
माइनस् माइनस् प्लस हुने सुत्रमा
'दुख दुख'सुख हुन नसकेर फेरि दुख नै हुनु पर्ने
'अासु आसु' हासो नभएर पुन: आसु नै हुनु पर्ने
यो कुन नियम हो
जो मलाई सिकाउदै सिकाइएन।
ब्ल्याकबोर्डको त्रिभुज र चतुर्भुज खुब नापियो
भित्री कोण र बाहिरी कोण नापियो
डिग्री डिग्रीमा नापियो
एन्गल एन्गलमा नापियो
तर जिन्दगी त हजारौ भुजाले बन्दो रैछ
न नापिन्छ न देखिन्छ कुनै दृश्यमा
न लेखिन्छ न छापिन्छ कुनै पानामा
भित्री कोण र बाहिरी कोण मात्र कहाँ
रहश्य र जालझेलका करोडौ कोण हुदा रैछन्
घात र प्रतिघातका अनगिन्ती एंगल हुदा रैछन्
जसलाई नजरन्दाज सम्म गराइएन कि
तैले यसरी पनि बाच्नु पर्छ भनी।
सिंगो परिवार बन्धकीमा राखेर
हरियो पासपोर्ट बोकेर परदेश हिडेको
लाहुरेको गरूंगो पाइलाको ओएट(भार) कुन ग्रामले नाप्छ
त्यो बिछोडिदाको मुटुको गति कुन मिटरले नाप्छ
ती झरेका आशु कुन लिटरले नाप्छ
त्यो चोटको गहिराई कुन एकाईले नाप्छ
गुरू यसका कुनै सूत्र छैनन्?
मेरा गणितका गुरू!
मलाई माफ गर्नुहोस् है
तपाईको गणितमा जसोतसो 'उत्तिर्ण' भएको म
तर जिन्दगीको गणितमा
लज्जास्पद तरिकाले 'उत्तारित' पनि हुन नसकेर
'लत्तारित' भैरहेको छु।
गुरू!
मिल्छ भने भाइ बहिनीहरूलाई
गणितसँग जिन्दगीको हिसाब पनि
थोरै थोरै सिकाइदिनुस् न है ।

उही तपाईंको आज्ञाकारी 
छात्र