शनिवार, 25 जुलाई 2020

परदेशी

कथा : परदेशी 
भाग : १
लेखक : Anmoal Lamichhane 
( कथा सेयर गरेर सबै को सामु पुराउन सहयोग गर्दिनु होला ) 

म घर को जेठो बाठो भनेर म हुर्केको समाज ले नाम दिएर सबै घर को जिम्मेवारि मेरो थाप्लोमा थपिदिएको थियो ।मेरो सानो परिवार अनि सुखी परिवार थियो । तर मनिस को उमेर बढदै गए पछि चाहना अनि रहर बढ्दो रहेछ तर मेरो परिवार मा ठुलो घरमा बस्ने रहर थिएन अनि महङ्गो गाडी मा चडेर हिड्ने रहर पनि थिएन । बश एक छाक मीठो मसिनो र पानी र घाम छेक्ने घर अनि समाज मा शिर निहुराएर हिड्न पर्न बाध्यता नहोस र छोरा छोरी को पढाइ र बिहेबारी यिनै थिए मेरो परिवारको चाहाना भनु यात रहर जे भने पनि यिनै थिए । उमेर बढदै गए पछि बाध्यता र इच्छा ले पिसिदा पिसिदै हाम्रो परिवार सानो बाट ठूलो भयो तर परिवार त ठूलो भयो तर गरिबिको चोपेटा मा परेर ठुलो परिवार अनि दुखी परिवार हुन पुग्यो ।मेरो परिवार मा बुबा ममि दिदी , म र 
कान्छो भाइ छौ । दिदी को बिहे त बल्लतल्ल ऋण खोजेर गरेयौ । आय स्रोत केही छैन मात्रै ऋणको भर मा घर धानिएको छ । भाइ सानो छ पढ्दै छ म नि बल्ल 12 कक्षा पास गरे तर जागिर कहि पाइन कि आफ्नो मान्छे चाहियो कि त पैसा फ्याकेर जागिर गर्नु पर्यो म त गरिब परिवार को मान्छे न आफ्नो मान्छे जम्मा गर्न सके न त पैसा को बिटो थुपार्दिन सके । त्येसैले त मेरो अन्तिम बाटो उहीँ परदेश थियो ।परदेश उ त्यो पर को देश जहाँ नया ठाउँ नया मान्छे छ्न । धेरै पैसा खर्च गरेर राम्रो देश जाने त मेरो हैसियत थिएन त्येही खाडी कि त अरब नै जान सक्ने त्यो पनि पल्लो गाउँ को मुखिया सङ्ग ऋण खोजेर । बल्लतल्ल केही पैसा जता ततै छिरलेर पासपोर्ट बनाए यो बनाउन पनि कहाँ सजिलो छ र मेरो देश मा मान्छेको पावर चाहिन्थियो तर म सङ्ग के को पावर थियो र त्येही पैसाको बिटो अगाडि देखाएर पासपोर्ट बनाए अब खाडी को लागि भिसा लगाए । भिसा पनि आयो । अरु को घर परिवार मा रुवाबासी हुन्थियो भिसा आउदा तर मेरो घर मा त धेरै खुसियाली छाएको थियो त्यो पनि म परदेश जान पाउँदा । मेरो परिवार मा मलाइ परदेश को देश मा पठाउदा पनि खुसी थिए किन कि म त धेरै धन कमाउन जान लागेको थिए । म त तेहा घर को सामान जस्तै थिए बुबा आमा ले सबै रहर अनि सपना म सङ्ग नि भिडाएर बिदेश को भुमी  सङ्ग बेचिदिएका थिए । किन कि म भन्दा बढी मेरो परिवार मा पैसा को खाचो र किन थाहा छ मेरो परिवार ले त्यो पैसा ले मेरो बुबा को भाग मा परेको माथिको पाखा मा 12 पाथी कोदो फल्ने बारि जोगिन्छ अनि तल फाट मा 8/9 माना मुरि फल्ने दुइ हल को खेत पनि  आफ्नो पुर्खौलि को  नाम मा बनाउन सक्नु हुन्छ , दिन रात पानी पर्दा घर भरी भाडै भाडा थापेर सुत्नु पर्दा बिहान उठदा भित्र मझेरी भरी पानी को तलाउ हुदा अन्खेरा ले डुबुल्की मारेर फालनु पर्न बाध्यता लाई खेप्नु पर्दा , घर को धुरि बाटो चुहिएको पानी रोक्न नया छाना किन्न पैसा ले मात्र गर्न सक्थियो  तेति मात्रै कहाँ होर दशै मा छोरी ज्वाईं आउदा छोरी को खाम मा 20 रुपिया र ज्वाइको खाम मा पल्ला घरे काका सङ् सापटी मागेर ल्याएको हजार को नया नोठ खाम हाल्दिनु पर्दा त्यो बेला सापटी नखोजी दुई वटा हजार का नया नोठ  गर्व को साथ राख्न नि पैसा चाहिएको छ । यी सबै कुरा पैसा ले मात्र रोक्न सक्छ तेसैले त म भन्दा मेरो परिवार ले पैसालाई ठूलो मान्छ । त्येसैले म बिदेश जादा मेरो जहान खुसी छ । 

क्रमश 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें