रहरका सबै सपना बेचेर बाध्यता को भारी काध मा राखेर आज पराइको देश मा ज्यान फालेर काम गरेको छु । म त गरिब देश को गरिब परिवार को मान्छे धेरै पैसा खर्च गरेर राम्रो देश जान सकिन ।साहु सङ्ग चर्को ऋण लिएर तेहि पनि खाडी मुलुक मा आएको छु ।
सबै ले भन्थे बिदेश गएपछी त धेरै पैसा कमाइन्छ राम्रो काम पाइन्छ । तर यहाँ आएर भोग्ने ले मात्रै बुझेको छ पराइको देश मा काम गर्न कति गाह्रो हुन्छ भन्ने ।आमा म खाडी आए तर पैसाकोबाढि ल्याउन सकिन ।कम्पनी मा काम गर्न भनेर म बिदेश आएको म आज होटेल मा सिसा पुच्छ्ने काम गर्दै छु । कति गाह्रो छ अरुको देश मा गएर काम गर्न नभनेको बेला मा भनेको नै तलब पाइन्छ ।
आज सम्म जसो तसो गरेर पैसा पठाएको थिए आमा दिन रात नभनी पठाएको पैसा ले बुबा को सपना पूरा गर्न अझै सकेको छैन थाहा छैन कुन बेला कति बेला आएर साहु ले घर लिलाम गर्दिन्छ । चिनेका आफ्न्तजन साथी भाइ ले यो पठाइदे मोबाइल पठाइदे तिनीहरुलाई भन्न सजिलो छ पठाइदे तर यहाँ कति गाह्रो छ ती सामान पठाउन उनी हरु लाई थाहा छैन आज कल तेहि कारण ले होला साथी भाइ आफ्न्तजन नि टाढा हुन खोजेका छ्न । परदेश आएको दुई बर्ष हुन लाग्यो अझै आफू ले बोकेर आएका ती सपना पूरा गर्न सकेको छैन ।कति धेरै दुख कस्ट सहेर अरुको देश मा काम गर्नु परेको छ पिल्ज मेरो परिवार मेरा साथीभाइ मेरो आफ्नतजन ले मेरो मर्म मेरो पीडा बुझदिनु होला । मोबाइल दिन नसकुला , राम्रो सामान ल्याउन नसकुला तर सधै हजुर हरु साथ मा रहेर काम गर्न छु ।
तपाईं हरु को मिल्ने परदेशी
लेखक : अनमोअल लामिछाने
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें