स्कुल लाइफ तेस्तै चली रहेको थियो । त्यो भन्दा धेरै मलाई बिनिता मन परिरहेको थियो । तर भन्न सकिरहेको थिएन । अपरिचित मान्छे साथी बनेर प्रेमी प्रेमिका बन्न सक्छ तर प्रेमी प्रेमिका छुटेर फेरि साथी बन्न सकिदैन । त्यसैले प्रेमको कारणले हाम्रो मित्रता मा पुर्ण विराम लाग्ने त होइन ? यस्तै यस्तै कुरा को डर थियो । एकदिन सकी नसकी एउटा प्रेम पत्र लेखे, तर कसरी दिने ? आफैले दिने कुरा भएन अनि मैले किताबमा राखिदिए अनि किताब उसलाई होमवर्क गराउन दिने बहानामा उस्लाई पत्र दिने । सबै कुरा मेरै प्लान अनुसार चलिरहेको थियो । बिनिता ले मेरो किताब हरू लिएर गयो जुन किताबमा मैले उसको लागि पत्र लेखेर राखेको थियो ।
भोलि पल्ट स्कुल गए तर बिनिता म सँग त्यति राम्रो सँग बोलेन अनि राधा सँग पनि बोलेन ।खाजा खान जाऊ भनेर बोलाउँदा पनि आएन अनि राधा र म गएर खाजा खाए । त्यो दिन त्यसै गयो, सोचे गल्ती मेरो नै थियो मिल्ने साथीलाई प्रेम प्रस्ताव राख्नु । भोलि स्कुल गएर किन रिसाएको भनेर माफी माग्नु पर्ला यस्तै यस्तै सोचेर रातीको खाना खाएर सुते । आज पनि उस्तै थिई, अनि आज त हामी संग पनि बसेन् अरु साथीहरु संग बस्यो । बोल्ने कुरा नै भएन, ब्रेक टाइम मा सबै जना क्लास बाट बाहिर गयो म , राधा , बिनिता अनि अरू २/४ जना साथी हरु क्लास मा थियो । म बिनिता भएको ठाउँमा गएँ म त्यहाँ जाने बितीकै बिनिता उठेर रामको हात समातेर बाहिर गयो । मैले हेरेर बस्ने बाहेक अरु केही गर्न सकिनँ । अनि क्लासमा बस्न मनलगेन राधालाई भने मेरो किताब हरू लिएर जाऊ अनि भोलि स्कुल आउँदा मेरो होमवर्क पनि गरिदेऊ है । राधा : अनि तिमी कहाँ जाना लागेको नि ? म : घरमा जान लागेको ।राधा : किन ? के भयो ? म: केही नाई, सकिदैन भने दिदी लाई पठाई दिनु किताब ।
अन्तिम परीक्षा चलिरहेको थियो त्यो बेला सम्म पनि बिनिता राधा र म सँग बोलेको थिएन । परीक्षा को तयारी खासै थिएन मेरो किन की मलाई पास मात्र हुनलाई कुनै ठूलो कुरा थिएन त्यसैले मलाई किताब हेरिरहनु पर्ने अवस्था थिएन सधै जसो किताब नपढी परीक्षा दिन जान्थ्यो । एकदिन दिउँसो बाहिर बल खलिरहेको थियो मम्मी ले देख्नु भयो र मलाई गाली गर्नु भयो । परीक्षा चलिरहेको छ खेलेर बस्छ भनेर मम्मीले कराएपछि किताब हेर्न थाले भोलि सामाजिक को परीक्षा थियो किताब जिकेर पल्टाउन थालें । किताबको बीच बाट एउटा कपिको पन्ना पल्ट्यो जुन मैले सोचेको पनि थिएन जहाँ थियो ...
"मेरो प्यारो मान्छे
खै त मेरो पहिलो पात्रको प्रतिक्रिया पनि दिनु भएन माया गर्नु हुन्छ भने हुन्छ भन्नु गर्नु हुन्न भने हुन्न भन्नु । हुन त म हजुरको लायक को छैन होला तर आफुभन्दा धेरै माया गर्छु सञ्जु । होला जातमा सानो तर म बाट तिमीलाई दिने माया कहिले पनि सानो हुने छैन । वक्तित्वकला मा तिमीले बोलेको कुरा हरुले मेरो मन छोएको थियो । मलाई त्यहि बेला तिमीलाई माया गर्छु भनेर भन्न लागेको थियो तर भन्न सकिन । अनि मैले यहि पत्र लेखेर हजुरको किताबमा राखिदिए थाहा छैन त्यो पत्र हजुरले हेर्नु भयो या हेर्नु भएको छैन त्यो त थाहा छैन । यदि हेर्नु भएको भए मेरो पत्रको जवाफ मैले पाउनु पर्ने थियो तर पाईन ।
सञ्जु हजुर मलाई माया गर्नु या घृणा गर्नु तर म सधैं हजुरलाई माया गरी रहने छु । हजुर मलाई माया गर्दिन भन्नु त्यो हजुरले भन्न पाउनु हुन्छ किन कि म त एउटी दलित हुँ । भनिन्छ नि सञ्जु मायामा जात भात हेरिँदैन । लाग्छ कतै मैले आफ्नो औकात भन्दा माथिको सपना त देखिरहेको छैन ? यदि म बाट कुनै गल्ती भए मनै देखि माफी माग्न चाहन्छु ।
उहीहजुरको धेरै माया गर्ने
राधा "
क्रमश..…..

