गुरुवार, 6 दिसंबर 2018

मनको गाँठो (भाग :२ )



             स्कुल लाइफ तेस्तै चली रहेको थियो । त्यो भन्दा धेरै मलाई बिनिता मन परिरहेको थियो । तर भन्न सकिरहेको थिएन । अपरिचित मान्छे साथी बनेर प्रेमी प्रेमिका बन्न सक्छ तर प्रेमी प्रेमिका छुटेर फेरि साथी बन्न सकिदैन । त्यसैले प्रेमको कारणले हाम्रो मित्रता मा पुर्ण विराम लाग्ने त होइन ? यस्तै यस्तै कुरा को डर थियो । एकदिन सकी नसकी एउटा प्रेम पत्र लेखे, तर कसरी दिने ? आफैले दिने कुरा भएन अनि मैले किताबमा राखिदिए अनि किताब उसलाई होमवर्क गराउन दिने बहानामा उस्लाई पत्र दिने । सबै कुरा मेरै प्लान अनुसार चलिरहेको थियो । बिनिता ले मेरो किताब हरू लिएर गयो जुन किताबमा मैले उसको लागि पत्र लेखेर राखेको थियो ।

         भोलि पल्ट स्कुल गए तर बिनिता म सँग त्यति राम्रो सँग बोलेन अनि राधा सँग पनि बोलेन ।खाजा खान जाऊ भनेर बोलाउँदा पनि आएन अनि राधा र म गएर खाजा खाए । त्यो दिन त्यसै गयो, सोचे गल्ती मेरो नै थियो मिल्ने साथीलाई प्रेम प्रस्ताव राख्नु । भोलि स्कुल गएर किन रिसाएको भनेर माफी माग्नु पर्ला यस्तै यस्तै सोचेर रातीको खाना खाएर सुते । आज पनि उस्तै थिई, अनि आज त हामी संग पनि बसेन् अरु साथीहरु संग बस्यो । बोल्ने कुरा नै भएन, ब्रेक टाइम मा सबै जना क्लास बाट बाहिर गयो म , राधा , बिनिता अनि अरू २/४ जना साथी हरु क्लास मा थियो । म बिनिता भएको ठाउँमा गएँ म त्यहाँ जाने बितीकै बिनिता उठेर रामको हात समातेर बाहिर गयो । मैले हेरेर बस्ने बाहेक अरु केही गर्न सकिनँ । अनि क्लासमा बस्न मनलगेन राधालाई भने मेरो किताब हरू लिएर जाऊ अनि भोलि स्कुल आउँदा मेरो होमवर्क पनि गरिदेऊ है । राधा : अनि तिमी कहाँ जाना लागेको नि ? म : घरमा जान लागेको ।राधा : किन ? के भयो ? म: केही नाई, सकिदैन भने दिदी लाई पठाई दिनु किताब ।

                          अन्तिम परीक्षा चलिरहेको थियो त्यो बेला सम्म पनि बिनिता राधा र म सँग बोलेको थिएन । परीक्षा को तयारी खासै थिएन मेरो किन की मलाई पास मात्र हुनलाई कुनै ठूलो कुरा थिएन त्यसैले मलाई किताब हेरिरहनु पर्ने अवस्था थिएन सधै जसो किताब नपढी परीक्षा दिन जान्थ्यो । एकदिन दिउँसो बाहिर बल खलिरहेको थियो मम्मी ले देख्नु भयो र मलाई गाली गर्नु भयो । परीक्षा चलिरहेको छ खेलेर बस्छ भनेर मम्मीले कराएपछि किताब हेर्न थाले भोलि सामाजिक को परीक्षा थियो किताब जिकेर पल्टाउन थालें । किताबको बीच बाट एउटा कपिको पन्ना पल्ट्यो जुन मैले सोचेको पनि थिएन जहाँ थियो ...

           "मेरो प्यारो मान्छे 
       खै त मेरो पहिलो पात्रको प्रतिक्रिया पनि दिनु भएन माया गर्नु हुन्छ भने हुन्छ भन्नु गर्नु हुन्न भने हुन्न भन्नु । हुन त म हजुरको लायक को छैन होला तर आफुभन्दा धेरै माया गर्छु सञ्जु । होला जातमा सानो तर म बाट तिमीलाई दिने माया कहिले पनि सानो हुने छैन । वक्तित्वकला मा तिमीले बोलेको कुरा हरुले मेरो मन छोएको थियो । मलाई त्यहि बेला तिमीलाई माया गर्छु भनेर भन्न लागेको थियो तर भन्न सकिन । अनि मैले यहि पत्र लेखेर हजुरको किताबमा राखिदिए थाहा छैन त्यो पत्र हजुरले हेर्नु भयो या हेर्नु भएको छैन त्यो त थाहा छैन । यदि हेर्नु भएको भए मेरो पत्रको जवाफ मैले पाउनु पर्ने थियो तर पाईन ।

सञ्जु हजुर मलाई माया गर्नु या घृणा गर्नु तर म सधैं हजुरलाई माया गरी रहने छु । हजुर मलाई माया गर्दिन भन्नु त्यो हजुरले भन्न पाउनु हुन्छ किन कि म त एउटी दलित हुँ । भनिन्छ नि सञ्जु मायामा जात भात हेरिँदैन । लाग्छ कतै मैले आफ्नो औकात भन्दा माथिको सपना त देखिरहेको छैन ? यदि म बाट कुनै गल्ती भए मनै देखि माफी माग्न चाहन्छु । 
                                                                                                       उहीहजुरको धेरै माया गर्ने 
                                                                                                                    राधा "

क्रमश..…..

रविवार, 2 दिसंबर 2018

मनको गाँठो


       मम्मी यो जात भनेको के हो ?( मेरो निधारमा टीका लगाउँदै )मान्छे मान्छे बीच फरक छुट्याउने चिज हो। किन मान्छे मान्छे बीच फरक छुट्याएको नि मम्मी ? पहिले पहिले एउटा राजा को धेरै छोरा हरू थियो रे, केही छोरा हरू बुद्धि मान थिए कोही छोरा हरू बलवान थिए । त्यसैले त्यो राजा ले आफ्नो छोरा हरुको काम को आधारमा जात छुट्याएको थियो, को कोही तल्लो जात कोही माथिल्लो जात । मम्मी मेरो क्लासको साथीहरुले मलाई राधा सँग नबसा त्यो दलित हो भन्छ, के राधा सँग बस्नु हुँदैन हो ? होइन त्यसो भन्नु हुँदैन, राधा पनि तिम्रो साथी हो नि होइन र ? राधा हाम्रो क्लासको राम्रो विद्यार्थी हो, म सँग धेरै मिल्छ थिई भएर मलाई साथीहरुले नमिलोस् भनेको होला । ल ल होमवर्क सकेको भए खाना खाएर स्कूल जाना तयार हौं ।
       
     दिदी र म खाना खाएर स्कूल गएँ सधै झैँ पुलमा राधा मेरो पर्खाइमा बसिरहेको रहेछ । दुई चुल्टी बाटेर साफा स्कूल ड्रेसमा साच्चै राम्री देखिन्थे राधा, स्कुलमा पनि सबै ले राम्रो भन्थी । पढाइमा निकै अब्बल थिई । जाँदा जाँदै बाटोमा बिनिता पनि आइपुगी । हामी तीन जनाको जोडी कहिले पनि छुँदैन जहाँ गएपनि जे गरेपनि । राधा सधै फर्स्ट , म सेकेन्ड अनि बिनिता थर्ड हुन्थियो सधै। बिनिता पनि राधा भन्दा कम चाहिँ थिएन दुई चुल्टि बाटेर आँखामा गाजल, कहिले काँही लाग्थियो ई दुई साथीहरु मलाई भगवानले मेरो लागि नै बनाएको हो । क्लास मा केहि गर्नु पर्यो भने सधै सर हरुले सम्झिने नाम राधा, सन्जु, बिनिता हामी भए पछि कसैले केहि भन्नु पर्दैन थियो । यसपाली कक्षा सात बाट आठ मा आउने विद्यार्थीहरू मध्ये सबै भन्दा राम्रा विद्यार्थी भनेर हामी तीन जनालाई भनेको थियो । बिनिता अलि कति लाजालु थियो भने राधा मनमा केहि कुरा नराख्ने ।
  
      क्लासमा सधै अरु साथीहरुले भन्थे केहो यार दुई दुई वटा गर्ल फ्रेन्ड हामीलाई पनि एउटा मिलाई देउन भनेर जिस्काउँथे । तर हामी बिच त्यस्तो केही पनि थिएन सधै एउटै बेन्चमा बस्थे खाजा पनि सँगै खान्थे । अरु केटा साथी हरुले भन्थे त्यो राधा त दलित हो नि त्यो सँग खाजा खानु हुँदैन त्यसको जुठो खानु हुँदैन । मलाई कता कता यस्तो कुरा हरुले मनमा छुन्थ्यो । के साच्चै दलित सँग कुरा गर्नु हुँदैन ? के दलित सँग बस्नु हुँदैन ? के दलित ले छोएको खानु हुँदैन ? यस्तै कुरा हरु मनमा खेलाउँदा खेलाउदै स्कुलमा पनि आइपुगेछ । हामी तीन जाना क्लासमा छिरेउ र सधै झैँ अगाडिको बेन्चमा हाम्रो किताब राखेर बाहिर यसम्ली को लागि आयौ । राम प्रसाद ,विजय, हरी , राजु हरू घाम मा बसिरहेकी रहेछ त्यतिकै मा ओइ कृष्ण सञ्जु भनेर राजुले बोलायो हामी तिनै जना तिनीहरू भएको ठाउँमा गए, किन राजु ? पछाडिबाट राधा "काम पाइएन ? अर्काको नाम मा चाइदो नचाइदो नाम जोडेर बोल्न लाई?" त्यतिकै मा विजय ले बोल्यो दुई दुई ओटी गोपिनी हरू घुमाएर हिड्ने लाई कृष्ण नभनी के सञ्जु बाबा भनूँ ? सबै जना हाँसे ,। बिनिता रिसाएर तिमीहरू साथी हौं की दुस्मन हो ? साथी साथी सँगै नहिडेर के झगडा गर्दै हिँढु ? राजु ले बोल्यो सरी सञ्जु तिमीहरू सधै सँगै हिँड्छ थिई भएर जिस्काएको माइन्ड नगर न ।😊 ल ल अँ साच्चै किन बोलाएको नी मलाइ चाई ? आउँने शुक्रबार स्कूल मा वक्तित्वकला छ । तिमी पनि भाग लिने होइन ? हुन्छ त्यसोभए अहिले नै गएर नाम लेखाई हाल्ने नि । सबै जना अफिस तिर लागे .....
क्रमश ..…