एकजना छोराको धेरै साथिहरु थिए उस्लाइ यो कुराको बहुत घमन्ड थियो तर उसको बुवा को एकजना मात्र मित्र थिए जो सच्चा थिए ।
एकदिन बाबू ले छोरालाइ भने छोरा तेरो तेतिधेरै साथी हरुछन ती मद्धे कुनै तेरो सबैभन्दा नजिक घनिस्ट साथी लाई उस्को घरमा भेट्न जाउ म उस्को परिक्ष्या लिन्छु त्यो तेरो साथी बन्न लायक छकी छैन।
छोरो खुसी खुसी तयार भयो अनि राती १ बजे दुबै बाबू छोरा छोराको सबैभन्दा घनिस्ट साथिको घरमा पुगे।
जब बाबू छोरा छोराको साथिको घर पुगे छोराले साथिको घर को ढोका ढक्ढकायो तर ढोका खुलेन धेरै बेर ढोका खटखटाए पछि भित्र बाट आवाज आयो कि उस्को साथिले आफ्नो आमालाइ भन्दै थियो यदि कोहि मलाइ खोज्न आएको हो भने म घरमा छैन भनिदिनु ।।
यो सुनेर छोरा चाहिँ उदास भयो अनि दुबैजना निरास हुँदै त्यहाबाट फर्किए।।
तब बाबुले छोरालाइ भने भोलि म तलाइ म मेरो एकमात्र साथिलाइ भेटाउछु।।
फेरि अघिल्लो दिन जस्तै दुबै बाबू छोरा रात को १ बजे बाउको साथिको घर मा पुगे त्यहा पुगेर जब बाबुले आफ्नो साथिलाइ बोलाए भित्र बाट आवाज आयो पख मित्र १ मिनेट म ढोका खोल्न आउदैछु।
जब ढोका खुल्यो बाबुको साथी एउटा हात मा पैसा र अर्को हातमा एउटा तरबार लिएर निस्किए अचम्म पर्दै उनले आफ्नो साथिलाइ सोधे के हो मित्र यो ?
बाबुको साथिले भने यदि मेरो यति घनिस्ट मित्रले राती एक बजे ढोका ढक्ढक्याउछ भने पक्कै पनि उ कुनै समस्यमा हुनुपर्छ र प्राय एस्ता समस्या दुई प्रकार का हुन्छन यात तिमी समस्यामा छौ तिमिलाइ पैसा को आबस्यकता छ यात तिमीलाइ कसैसङग तिम्रो ज्यान को खतरा छ ।।
यदि तिमिलाइ पैसाको आबस्यकता छ भने यो पैसा लिएर जाउ यदि तिम्रो ज्यान खतरामा छ कसैसङ्ग तिमिलाइ डर छ भने यो तरवार लिएर हिड मपनी तिमी सङ्गै जान्छु।।
तब बाबुले आखाभरी आँसु पार्दै आफ्नो मित्रलाइ भने मलाइ कुनै चिज को जरुरत भएर म यहाँ आएको होइन मत बस मेरो छोरा लाइ सच्चा मित्रको उदाहरण दिनको लागिमात्र एतिराती तिमिलाइ दुख दिएको हु एस्कोलागी मलाइ माफ गर.........!!
एस्तो साथी जिन्दगिमा कहिले नचुनौ जो तिम्रो समस्या मा तिमिबाट टाढा रहन खोज्छ खाली तिम्रो खुसिमा मात्र तिम्रो साथ रहन्छ।।
सबै सच्चामित्र हरुमा समर्पित
--------------------
यहाहरु कोहि मसङग फेसबुकमा साथिबन्न चाहानुहुन्छ भने कमेन्टमा Add लेख्नुहोस 😊
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें