स्कूल को गेट मा
पुग्ने बितिकै बाबाले आफ्नो छोरी लाई गोजीबाट १०० रुपियाँ निकालेर दिदै भन्यो ।
"यो पैसाले
जे पनि किन्न पुग्छ तिमीलाई, राम्रोसंग पढ्नु है ! सबैसंग मिलेर बस्नु अनि म भरे लिन आउँछु ल ।"
"हस बाबा"
खाजा खाने समयमा
सबै जना क्यनटिन् मा गएर खाजा सधैंजसो समोसा, चटपटे खान थाल्थे ।
त्यो सानी फुच्ची हातमा १०० रुपियाँ लिएर क्यनटिन् मा पुग्ने बितिकै, वेटर :" आज के खान्छौ
नानु ?"
१०० रुपियाँ को नोट देखाउँदै "बाबाले भानु भाको यो पैसाले सबै आउँछ रे, मलाई यो पैसाको आमा दिनुहोस ।"
वेटरको बोलि बन्द हुन्छ "यतिले आमा काहाँ आउछ र ? , आमा किन्न त धेरै पैसा चाहिन्छ "
घरमा पुगे पछि, सानी फुच्ची :" बाबा हजुरले मसँग किन झुट
बोल्नु भएको ?"
बाबा :" खै ? मैले कहिले झुट बोलें र मेरो प्यारी
छोरीलाई ? "
फुच्ची (गोजीबाट बिहान बाबा ले दिएको १०० रुपिया को नोट निकालेर ): "हजुरले
भन्नु भाको होइन यो पैसाले सबै थोक आउँछ भनेर ? मैले आमा दिनुन भनेको यसले त आमा आउदैन
रे, मलाई एउटा खुत्रुक्के किनी दिनुहोस हजुरले खाजाको लागि दिनुभएको सबै पैसाहरू खुत्रुक्केमा राख्छु अनि धेरै भए पछि आमा
किन्छु । अनि हजुरले कहिले पनि खाना पकाउनु पर्दैन, सधैं आमाले पकाउनु हुन्छ ........... "
By: Milan Tamang

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें