बुधवार, 25 अप्रैल 2018

तिमी र म भाग : २



म जिन्दगी लाई त्यही बाट सुरु गर्न चहन्थेयो |
  जहाँ न कसैलाई पाउने चाहना नै थियो, न कसैलाई गुमाउने डर थियो |
  तर जिन्दगी ले पल पल रुवायो, अनि रक्सि को समुन्द्रमा मलाई डुबायो
कहिले निस्किनै नसक्ने गरी, चुरोट को धुवा मैले पल-पल मा फेर्ने सास भयो |
  कुनै बेला लग्थेयो किनार नभएको  लामो नदी हो जिन्दगी,
  डिल नभएको फराकिलो आगन हो जिन्दगी |
  तर आज नदीको दुइ किनार छुटिएको छ |
बाहिर तिर मलाई देख्दा पनि मेरो साथी को आमा बुबा 
हरुले तिनी हरु लाई मेरो संगत नगर भन्छ रे |
  कुनै दिन पढाई त फलानाको जस्तो होस् भन्दै मेरो नाम
 लिने काका काकी हरु ले आज म संग नहिड भन्छ रे |
मैले त तिमी बाट माया चाहेको थियो | तिम्ले त मेरो सबै 
लुटेरा गएउ मेरो हासो, खुसि, भोक, प्यास, निन्द्रा सबै लिएर गयो |
  मलाई थाहा थियो तिम्रो मायामा बिष छ भनेर,
  तर तिम्रो पिलाउने तरिका नै यति खास थियो कि मैले नाई भन्न सकिन |
  त्यही भएर आज मेरो यस्तो हाल छ
म पनि मेरो गन्तब्य सम्म पुग्थे होला, सायद तिमीलाई नभेटेको भए | ..........
आज मन भरि मर्ने इच्छा हरु थुपार्दै, अनि बच्ने चाहना घटाउदै बाच्नु परेको छ |
सुने को थियो उसको आर्कै केटा संग बिहे हुदैछ रे
 भनेर एका बिहानै भाइले सुति रहेको ठाउमा आएर भन्यो |
  उ मबाट टाढा भए पनि फेरी म उसलाई 
पाउने चाहना मनमा थुपार्दै थियो तर भाई को कुरा सुनेर 
म एकासी छागा बाट खसे झैँ भयो, मैले टेक्ने धर्ति
 फाटे झैँ भयो, आकाश खसेर मलाई थिचेको जस्तो लग्यो |
  के गर्ने के नगर्ने दिमाग ले सोच्नै सकिन |
त्यही बेला उसै को SMS  आयो 
" २३ गते मेरो बिहे हुने भयो बिहेमा जसरी भए पनि आऊ है |"
अनि मैले केहि पनि नसोची झ्याल मा लुगा सुकाउन राखेको डोरी देखे |
केहि नसोची त्यो डोरी टिपे अनि पंखामा डोरी लाई लगाएर मर्ने निधो  गरे........
क्रमश :

सोमवार, 23 अप्रैल 2018

विजातीय प्रेम



प्रेम, माया सायद यो शब्द हेर्दा र सुन्दा
जति छोटो छ नि, तर यसको गहिराई
बुझ्न धेरै नै गाह्रो 
सायद यस्तै रहेछ माया प्रेम ....
SLC  सकेर कलेज जोइने  गरेको
थियो | सुरु सुरु मा त कोहि साथी हरु
चिन्दैन थियो अलि कस्तो कस्तो भयो कलेज जान पनि
जब राहुल लाई चिन्यो तब मलाई कलेज जना पनि रमाइलो हुन थाल्यो |
तर हाम्रो समस्या के थियो भने म Education र राहुल  Business पढ्थ्यो |
हाम्रो क्लास रूम फरक थियो |
उसले सधै भन्थ्यो तिमी पनि Business मा आउन |
तर मलाई ब पढ्न  मन हुदा हुदै पनि ई मै बस्न मन थियो |
 कारण थियो आगाडी बेञ्च मा बस्ने केटि
नाम के हो उसको त्यो त थाहा थिएन  तर
हल्का काली हिस्सी परेकी, कति राम्री नाक चुची
बाहुन को छोरी .....
खै किन हो कुन्नि मेरो मन सधै उ प्रति नै तानी रहे को थियो |
तर कलेज सुरु जना थालेको २ महिना भएको थियो, उनीसंग म आपरिचित नै थियो |
तर अलि अलि हेरा हेर चै हुन थाले को थियो |
एकदिन मैले उसलाई किताब मागे पढ्न लाई,
"हेल्लो, मलाई आज हजुरको किताब दिनुन मेरो नोट लेख्नु छ |"
किताब दिदै "किताब मात्रा किन अरु चै चाहिदैन ?"
हल्का लजौदै"उम्म, दिने भए चाहिन्छ "
हासो को साथ " के चाहिन्छ ? "
म निशब्द भए .......
भोलि पल्ट मलाई कलेज को गेट मा कुरेर बसेको रहेछ,
उसले हई गरिन क्लास को साथी हरु संग आउदै थियो म
 केटि हरुलाई गरेको होला भनेर मैले केहि गरिन अरु साथी हरुले "हेल्लो के छ ?
 कति चाडै आए को नि आज ?"
उनि :" हास्दै उम्म आज अलि छिटो भयो "
क्लास मा पुगे पछि उनले मलाई भनि ..
"के हो मेरो किताब खायो कि के हो ?"
किताब दिदै "छैन हो खाको चै "
उनि हसिन ....अनि म पनि.......
सर आउनु भयो क्लास मा सबै जना मौन थियो |
अनि नोट लेख्दै थियो हामी ......
सर गए पछि उनले मलाई कागज  को टुक्रा दियो,
भित्र के छ त्यो त थाहा थिएन हेर्न मन लग्यो
खोलेर हेरे "तिम्रो नाम के हो ?"
अनि मैले तेसैको पछाडि " मिलन, अनि तिम्रो ?"
फेरी कागज दिदै "सुनिता गौतम, फसेबूक मा के नाम छ नि ?"
 तेसैको पछाडि "मार्श मेल्लो, अनि तिम्रो ?
यसरी कुरा गर्दा घन्टी सक्केको थाहा नै भएन 
 मेरो प्रश्न को उत्तर आएन………..
यसरी कुरा गर्दा घन्टी सक्केको थाहा नै भएन ......
 अनि मेरो प्रश्न को उत्तर आएन, ....
भोलि पल्ट उ कलेज मा पनि आएन, मलाई सारै पिर पर्यो
खाजा खान लाई प्रभा ले बोलायो सधै झैँ चटपटे बनाउन लगायो |
 अनि म कालो चिया संगै एउटा चुरोट तान्दै बसे |
अनि अञ्जुले बोल्यो "केहो चुरोट मात्रा खाने को यता चटपटे पनि खाने  ?"
म हल्का मुस्कान अनि चुरोट को धुवा मुखबाट
 निकाल्दै चटपटे को चम्चा हातमा लिदै " मेरो पनि पैसा परेको छ म पनि खान्छु नि "
बेलुका फेसबुक खोलेर हेरे एउटा friend request आएको
 रहेछ सुनिता को खुशी लाग्यो | accepted  गर्यो अनि massage  पठायो
"हेल्लो "
"हई"
"के छ ?"
"ठिकै छ "
"के गर्दै होनी "
"यतिकै अनि तिमी नि ?"
"खाना बनाउदै छु "
"मलाई पनि है "
"हुन्छ ...कहिले आउछौ त  ?"
"अहिले नै आउछु "
"हो र  ? यति रति ? डर लाग्दैन त ?"
"तिमी लिन आउन  "
"कहाँ सम्म ?"
"पेट्रोल पम्प सम्म "
"हस  आए है त  ......"
"ह ह ह ह ..."
"किन हासेको ?"
"केहि नाई"
"अनि आज किन कलेज न आएको नि ?"
"घरमा काम थियो, खाना खाएर आउछु है  "
"हस "
यसरी नै दिन हरु बित्दै थियो |
एकदिन भकुन्डे चोकमा बसेर साथी हरु संग
 चुरोट खादै थियो, मौसम सधै जसो सिम-सिम पनि परि रहेको थियो |
 मेरो मोबाइल मा sms आयो
" के हो पारा ?? ठिक छैन है ..."
मैले तुरुन्त त्यो नम्बर मा फोन गरे
"हेल्लो "
"के हो पारा ठिक छैन है "
सुनिता रहेछ
" कहाँ बाट पायो मेरो नम्बर पायो ?"
"जहाँ बाट  भए पनि पायो नि ... त्यो चुरोट खाने बनि ठिक लागेन है मलाई "
हास्दै "हस हजुर, हजुर ले भन्नु भयो आज बाट नै छोडी दिन्छु "
"ल ल  धेरै हावा मान्छे हरु संग हिड्ने होइन नि "
"हुस हजुर, हजुर को जो आज्ञ " 
"चटपटे  खाने भए भैया को मा आउनु "
"हस आयो है त "
उनि एक्लै कालो छाता ओडेर बसी रहेको रेछ, उनलाई देख्न साथ मन्ध
मुस्कान को साथ उनि भको ठाउमा गएर  उनि संगै उसको छाता मा गुस्दै…….
"कति खेर आए को नि बजार ? "
"आदि घण्टा भयो"
"को को आए को नि  ? "
"एक्लै "
" ए ... केहि काम थियो ? "
हास्दै "अब तिम्लाई भेट्न लाई पनि कुनै काम चाहियो होइन त  "
हास्दै "जोक गर्ने पनि लिमिट हुन्छ नि "
भैया ले चटपटे पुरानो किताब को पाना मा दिदै " लिनुहोस् चटपटे "
उनले चटपटे हातमा लिदै "तिर अब पैसा "    
पैसा तिरे अनि चटपटे खाना थाले |
खाई सके पछि "जान्छु है भरे फोन गर्छु |"
म तेही बसेर उनि जादै गरेको हरेर बसे, पछाडी फर्केर हेर्दै थियो, .....
अमी रूम मा गएर खाना पकाएर खाए, अनि उसको मिस्स कल कति खेर  आउछ भनेर कुर्दै थियो |
८ बजे तिर कल आयो..
"खाना खानु भयो ? "
"उम्म खाको, अनि तिम्ले खायो त  ?"
"खायो, अनि क गर्दै हो नि ?"
सिरानी च्यापदै "तिम्लाई मिस्स गर्दै छु "
"हावा "
हास्दै "हावा रे? फेरी भोलि को कान्तिपुरमा भोटे को छोरा ले बाहुन्नी उडायो भन्ने समचार प्रकासीत होला नि "
"जे पयो तेइ "
"एउटा कुरा सोधु ?"
"उम् सोध्नुन"
"Do u love me ?"
उनले केहि भनेन फोन राखिन ...फेरी मैले कल गरे तर उठाएन, SMS आयो, उसले गरेको रहेछ |
"भोलि भन्छु "
 भोलि को दिन को प्रतिक्षा मा थियो म के उत्तर आउछ उसको ? (एस \ नो)
दोधार मा पर्यो म निन्द्रा पनि लागेन, कौसी मा गए हावा चलि रहेको थियो |
 अनि आकाश मा बिजुली चम्कि रहेको थियो |
अनि मेरो मन पनि कहिले यता कहिले उता भैरहेको थियो |
बाहिर हावा चलि रहेको थियो | मेरो मन मा  आधि बेरी चलि रहेको थियो |
 रूम मा आएर बस्यो |
घडी हेर्दै, यो घडी पनि कति डिल चले को आज……
मन मा अर्को डर पनि थियो | उनि बाहुन को छोरी अनि म तामाङ, ........
मनमा प्रश्न हरु को हावा हुरी चलि रहेको थियो |
 उसलाई पाउने चाहना भन्दा गुमाउने डर धेरै थियो....
क्रमश :

रविवार, 15 अप्रैल 2018

मैले पनि बन्दुक बोके




खै कहाँ बाट सुरु गरु त्यो मेरो
स्वोर्ग  जस्तो घर अनि परिवार को कहानी
जहाँ मेरा हर खुशी संगै खुशी हुने मेरा प्रण
 भन्दा प्यारो आमा बुबा,......
सानै देखि मेरो पढाई राम्रो थियो
तेसैले सबैले मलाई माया गर्थेयो |
सबैले भन्थेयो ठुलो भए पछि केहि
गर्छ यसले गाउको नाम राख्छ
भन्थेयो सब ले खुशी लाग्थेयो
मलाई, गाउको अरु स्चूल पढ्ने बच्चा
हरु भन्दा मलाई अलि फरक
अनि सबैले राम्रो नजरले हेर्थेयो
लग्थेयो अब म मेरो खुशी मात्रा होइन 
मैले मेरो आमा बाबा अनि गाउको जो मान्छे
जस्ले मलाई विश्वास अनि भरोसा गर्थेयो तिनी हरु को
सपना पुरा गर्ने जिम्मा मेरो काध माथि थियो
अनि मेरा आमा बुबा को सपना मलाई डाक्टर
बनाउने ..........
तर मेरो सबै सपना तुइयो
क्रन्तिकार हरुले मेरो बाबा लाई आपहरण
 गरेर मारि दियो.....
नया नेपाल को बनाउने भनेर हजारौ
मेरा बाबा जस्तो गाउको सोज साजा
व्यक्ति लाई मारियो .....
लक्ष्मी जस्ती कसैको नराम्रो नसोच्ने
कसैलाई नराम्रो नभन्ने मेरो आमा बिना गल्ति, बिना कारण
बिधुवा हुनु पर्यो..... सायद प्रचण्ड सरकार को नया नेपाल
यहि रहेछ ....हजारौ सोज साजा महिला हरु लाई
बिधुवा बनाउने, म जस्ता लाखौ  बालबालिका हरु लाई
टुहुरा बनाउने ,अनि म जस्ता हजारौले कलम लाई त्यागेर
बन्दुक समाउनु पर्यो, म जस्ता यहाँ धेरै छन् डाक्टर बन्ने
सपना टुटेका अनि बन्दुक बोकेका……..
आज मलाई न्याय दिने आदालतले दोसी ठहर गरेको छ
जना आन्दोलनमा मान्छे मारेको आरोप छ म माथि
तर मेरो बाबा लाई मर्ने खुल्ले आम सरकारी गाडी मा हिडी रहेको छ
उसले मान्छे मार्दा उ ठुलो भयो |
अनि मैले बन्दुक बोक्दा  म माथि आज मान्छे मारेको
आरोप लाग्यो
मलाई बन्दुक बोकाउने उ, मान्छे मार्ने उ
आरोप लाग्यो मलाई
आज मेरो जिन्दगी बर्बाद भयो उसको पछि
लागेर नया नेपाल बनाउछु भन्दा
मेरो आमा को सिउदो को सिन्दुर
पुछियो, खेल्ने अनि रमाउने उमेर मा टुहुरो भयो
कलम समाउने हातले बन्दुक समाउनु पर्यो
म दोसी भयो, तर उ पटक पटक मन्त्रि, प्रधान मन्त्रि भयो........
कुनै बेला मेरै काध माथि चढेर माथि पुग्यो
तर आज उसैले मलाई चिन्दैन
सायद यहि रहेछ प्रचण्ड को नया नेपाल ....

शनिवार, 14 अप्रैल 2018

नया वर्ष अनि नमो बुद्ध को यात्रा


नया वर्ष कस्तो भयो ?
कसरी मनाउनु भयो त ?
कुनै दिन थियो सबै साथीहरु को यहि प्रश्न गर्थेयो
कहाँ जाने यसपाली को नया वर्ष मा घुम्न लाई ?
को को जाने घुम्न लाई ?
कोहि भन्थेयो यसपाली त  काठमाडौं जाने म त बाबा संग
कोहि भन्थेयो सागा मा जाने, कोहि भन्थेयो खै कहाँ जानु भकुन्डे जान्छु
यस्तै यस्तै उत्तर मा मेरो उत्तर हराई रहेको थियो किन कि म संग कहिँ जाना लाई पैसा थिएन
के गर्ने कसो गर्ने दोधार  मा पर्यो म,....
नभन्दै नया वर्ष १ गते भयो के गर्ने क नगर्ने ? सबै साथी हरु घुम्न जाने भयो तर मेरो केहि
प्लान नै थिएन ........
खुसि को कुरा दाई आउनु भयो अनि भन्नु भयो "कहाँ घुम्न जाने आज ?"
"खै पैसा नि छैन कहाँ कहाँ ?"
फेरी दाई ले भन्नु भयो "भकुन्डे जाने भए हिन"
त्यति भने पछि म ममी लाई पैसा मागे "ममी  पैसा दिनु न म दाई संग भकुन्डे घुमेर आउछु |"
ममी "किन जानु पर्यो ? पर्दैन जानु "
नाई जान्छु के ममी 
दाई ले पनि भन्नु भयो "म संग एकछिन घुमेर आउछ नि "
यति भने पछि ममी ले मलाई ममी को थैली बाट २०० रुपिया निकालेर दिनु भयो |
म एक्दम खुशी थियो किन कि म पनि नया वर्ष मा घुम्न जना पायो
र अर्को खुशी थियो मेरो हातको २०० रुपिया,
मेरो हातमा कहिले पनि त्यति धेरै पैसा हुदैन थियो तर आज छ |
खुशी को सिमा नै थिएन, खुसीले भुइमा खुट्टा नै थिएन
न भन्दै भकुन्डे मा पुग्यो हामी, त्यहाँ पुगे पछि अरु दाई अनि दाई को साथी हरु संग
भेट्यो  हामी दाई हरु को हुराकानी भयो अनि हामी नमोबुद्ध जाने भयो |
म यति धेरै खुशी भयो कि सायद खुशी को सिमा नै थिएन किन कि गोजी मा २००, अनि नमोबुद्ध को यात्रा…..

हामी नमोबुद्ध पुग्यो अनि घुम्न थाल्यो
तर मेरो गोजी को २०० को २०० नै बाकी थियो
किन कि मैले पैसा खर्च गरेको नै थिएन
अनि हामी फर्कियो घुमेर  तर मलाई नमो बुद्ध सारै राम्रो लाग्यो

ठुला ठुला बुद्ध को मुर्ति अनि गुम्बा  हरु मलाई त्यहाँ को सबै कुरा राम्रो लाग्यो
हामी खाजा पनि नखाई फर्केयो फेरी हामी त्यही भकुन्डे मा आइपुग्यो
सबैलाई भोक लागेको हुन ले सबै जाना होटेल तिर  लाग्यो
अनि दाई र म पनि एउटा होटेल मा छिरेर दाई को लागि मोमो र मेरो लागि चाउमिन ओर्डेर गर्यो.....
खाजा खाइसके पछि हामी साथी हरु भकुन्डे चोक "एप्पल  कम्प्युटर" को आगाडी भेट भयो|
जनम दाई ,विकाश सम्दि, रोहण दाई ,सोनाम दाई, प्रकाश दाई
 अनि फेरी पनि नया वर्ष को शुभकामान साटा साट गरियो .. ....
अनि सबै जना आफ्नो घरतिर लाग्यो .........

रविवार, 8 अप्रैल 2018

तिमी र म


सुनसान रात अनि सधै जसो तिम्रो यादमा एक हात मा रक्सि आर्को हात मा चुरोट । लाग्छ जिन्दिगी पनि बीच बाटो मा बिग्रेको गाडी जस्तै भयो । सबै यात्रु हरुले आर्को गाडी पाएपछि  छोडेर गए । अनि तिम्ले पनि, यदि छोडेर नै जानु थियो भने किन गरेउ पुरा गर्न नसकिने ठुला-ठुला बाचा कसम हरु ? सायद तिम्ले त बिर्सी सकेउ होला हजार जुनी तिमि संगै बितौछु भनेर तिम्ले खाएका कसम हरु .... तिम्लाई नपाए मर्छु भने कसम हरु ....... अनि तिम्ले माया  अनि कम भयो भनेर झुटो चोक्लेट खाएका ति दिन हरु ..... सायद तिम्ले भुलेयो होला तर मैले भुलेको छैन ...सायद तिम्ले भुलेउ होला ति ओठले यी मेरा ओठलाई चुम्न सिकाएको पल ...... जति भुल्न खोज्छु तर सक्दिन .. तिम्ले त भुली पनि सक्यो होला । हुन पनि  हो तिम्ले भुल्नु ठुलो कुरा नै के थियो र  ? तिम्र लागि त  यो सब सामान्य थियो, तर मेरो लागि यो पहिलो  अनि अन्तिम थियो ।हरदिन यो सब भुल्न को लागि रक्सी अनि चुरोटको को सहारा लिनु परे को छ .......
क्रमश :