शनिवार, 25 जुलाई 2020

मन छुने कथा

म चाहन्छु ...
केहि महिनापछि...
तिमी मलाई एक call गर
अनि त्यो Call Receive नहोस्
फेरि एक वर्षपछि ...
थोरै तिमीलाई चिन्ता होस् तिमी म्यासेज गर मलाई....
त्यो म्यासेज जसको कुनै जवाफ आउदैन ....
फेरि तिमी साच्चै , थोरै अरु चिन्तित हौ ...
तिमी सोच मेरो बारेमा
मेरो आवाज, मेरो हरेक कुरा, मेरो अनुहार तिम्रो लागि मैले गरेको चिन्ता ...
मेरो साथमा बिताएको हरेक समय ...
फेरि तिमी मलाई एक call गर
अनि फेरी कुनै Response नहोस्
फेरि तिमी मलाई message गर,
जसको कुनै जवाफ आउँदैन
तिमी अचानक धेरै बेचैन हौ,
तिमीलाइ सारा कुराहरु याद आओस्,
तिमी लगातार मेरो बारेमा सोच
तिमीलाई सबै कुरा याद आओस्
सबै सबै कुरा ...
अनि फेरि एकदिन तिमीलाई निद्रा नलागोस्
मात्रै मेरो याद आओस् ...
तिमी मलाई social media मा खोज
फेरि message गर ...
फेरि call गर ...
फेरि कुनै जवाफ नआए
तब तिमी phone Gallery खोलेर
मेरो तस्बिरहरु हेर ....
तिमीलाई रिस उठ्यो भने
चिच्याउ कराउ, रुन आए रोऊ
तिमीलाई महशुस होस् म कुन हालमा रहेको छु ?
दुखी हुनु के रहेछ ?
टुक्रिदा कस्तो हुन्छ ?
फेरि केहि पनि राम्रो लाग्दैन
तिमी फेरि हर ठाउँमा मलाई नै खोज
फेरि एक पटक अन्तिम समय तिमी मलाई हेर्न खोज,
मलाई सुन्न खोज,
मलाई अंगाल्न खोज,
मलाई अंगालेर रुन खोज,
तिमी फेरि पागल झैँ हौ
त्यो मायाको लागि ...
जो मात्र तिम्रो अनि,
मात्र म बाट पाउन सक्थ्यौ,
अनि त्यो हालमा सुन्ने वाला
म ...
कहिँ टाढा
कुनै शहरमा
आफ्नो कोठामा
आधा रातमा
त्यो हरेक म्यासेज पढेर तिमीलाई याद गरु
फेरि त्यो म्यासेज डिलिट गरि दिन्छु
त्यसको कुनै जवाफ आउँदैन
तिमी महशुस गर मुटु टुक्रा हुनुको पीडा,
एकान्तमा एक्लै रुनुको पिडा...
कसैलाई केहि भन्न नपाउँदाको बेवास्ता...
सारा काम जबर्जस्ती लाग्न थालोस्,
मात्रै हर समय
निद्राको औषधि पनि बेकामको लाग्न थालोस्
हर समय निदाउँदा, उठ्दा, मेरै याद आओस्
म नै हर समय तिम्रो दिमागमा रहुँ ...
त्यो समय ...
जब यो सबै होस्
सायद तिमीलाई समझ्ना आओस् कि
तिमी कति गलत थियौ,
तिमीले के गर्यो ?
अनि फेरी तिमीले के पायौ ?
अनि तिमीले के गुमायौ ?
तब तिमीले सबै कुरा बुझ्नेछौ
म कुन हालमा थिएँ,
म सबै चाहन्छु,
हो साच्चै ...
तर यो साचो हो
आज पनि तिम्रो
हरेक call र message लाई
बडो मुस्किलले ignore गर्ने गर्छु
आज पनि तिम्रो Facebook को हरेक फोटो save गर्ने गर्छु,
आज पनि तिमीलाई online मा देख्नको लागि mbl चलाउछु
तर अब कुनै msg गर्दिन पनि......
किनकी म चाहान्छु ........
तिमी पनि एकपटक महसुस गर्न सक..
त्यो सब.....
जुन मैले गर्दै आएको छु।।।😢😢😢

एकचोटि_अवश्य_पढ्नुहोला

#एकचोटि_अवश्य_पढ्नुहोला

४ दिन Facebook मा कुरा गरेर मान्छेलाइ True love परिराछ र ३ हप्ता पछि सम्बन्ध छुट्टीराछ।😳
१५ बर्षको केटी पिडामा छी, उस्को Boyfriend ले उसलाई राम्रो बेबहार गर्दैन रे।😷
१७ बर्षको केटी/केटा हात काटी राछन् किनकी उनिहरुलाइ लाग्छ जिबन भनेको shit हो रे जस्लाइ जिन्दगी भनेको क हो थाहा छैन।😝
जुन उमेरमा हाम्रो आमाबुबाहरु बेलुका साथिहरु सँग खेल्न जाने कि नजाने भनेर सोच्नु हुन्थ्यो। त्यो उमेरमा आजकल केटी /केटा हरु सङै जीउने मर्ने कसम खाइराछन्। 😲
१९ बर्षको केटीलाइ यदि बुबाले राती घर बाट बहिर जान दिनु भएनभने उसलाई लाग्छकि उसलाई घरमा कैदी बनाएर राखी राछन् अनि यक्दम कडा गर्छन् , तर तेहि तेस्को so called Boyfriend ले भन्यो भने: Awwww baby म तिमीलाइ धेरै माया गर्छु तिमीले मेरो कति ख्याल राख्छौ। तेसैले त म तिमीलाइ धेरै माया गर्छु नी।😠
यो ऊनीहरुको लागि हो जस्ले सोच्छ अब जिन्दगी मा केही रहेन सब सक्यो,just because of relationship? 😬
Oh let me tell you that you have no idea what life actually is..🖕
Firstly, stand on your feet and then know what is life.
बाबुआमाको सम्पत्ति खाएर Life Life गर्नेलाई पछी आफैले कामाउने भएपछि देख्छौ के हो life भनेर ।
बाबुआमाले गरे जस्तो माया र ख्याल कसैले गर्दैनन् ।😊

यो चुरोटको विज्ञापन होइन

यो चुरोटको विज्ञापन होइन
~सरस्वती प्रतीक्षा
जसरी सम्हालेर राख्छन् मान्छेहरुले
गुलाफका फूलहरु/प्रेमपत्रहरु
सिनेमाका टिकटहरु/क्याडवरीका खोलहरु/सँगै खिचिएका तस्बिरहरु
त्यसरी नै अतिशय प्रेमले
सम्हालेर राखेकी छु मैले केही थान चुरोटका ठुटाहरु !
दिल खोलेर हाँस्न जोसँग पनि सकिन्छ
पूरै दिल खोलेर रुन खास मान्छेसँग मात्र सकिन्छ
म कसरी बिर्सन सक्छु–
पहिलोपटक मेरो एउटा हात समातेर भित्रैबाट ऊ रुँदा
उसको अर्को हातमा चुरोट थियो
सँगै ब्ल्याक टी पिउँदा
ब्ल्याक लेबलको रक्सीले भन्दा बढी नशा लागेपछि
वेटरलाई चियाको मूल्यभन्दा दोब्बर टिप्स दिएका थियौं
त्यहीबखत पहिलोपटक उसको एउटा हातले
मेरा केशराशीहरुको लम्बाइ नाप्दै गर्दा
उसको अर्को हातमा चुरोट थियो
धुम्रपानविरोधी एउटी स्वास्नीमान्छे
आजकल उसले छोडिगएका चुरोटका ठुटाहरु देख्दैमा तरंगित हुन्छु
मानौं,
चुरोटका ठुटाहरु चुरोटका ठुटाहरु होइनन्
उसको स्पर्शको चास्नीमा डुबाइएका प्रेमग्रन्थहरु हुन्
मान्छेहरु प्रेमको साक्षी
मन्दिर वा गुम्बा बनाउँछन्, रुख वा नदीनाला बनाउँछन्
उड्दै गरेको चुरोटको धुवाँलाई साक्षी राखेर ऊ भन्छ,
–‘तँ किताब ! आइज म तँलाई पढ्छु
तँलाई शब्दमा मात्र होइन
शब्द–शब्द बीचको ग्याप र ग्यापको सुक्ष्मतामा पढ्छु ।’
झगडा, घुर्की, समर्पण, प्यासन
सबै भाव र रंगहरुको सिंगो प्याकेज ऊ
त्यही प्याकेजको लयसँग लय मिलाउँदाका साक्षी चुरोटका ठुटाहरु
एउटा अपत्यारिलो सत्यका साक्षी चुरोटका ठुटाहरु
कतिसम्म निख्खर हुनसक्छ प्रेम
र तिख्खर हुनसक्छ प्रेमको स्वाद ?
तमाम तत्वबोधका साक्षी चुरोटका ठुटाहरु
माफ गर्नुहोला
चुरोटको कुनै अमूक मल्टिनेशनल कम्पनीको विज्ञापन होइन यो
अहँ, यो चुरोटको विज्ञापन होइन !
साभार :

ऊ मख्ख छे

"ऊ मख्ख छे"
ऊ थुप्रै नाम चलेका ग्रुपको Active Member हो ऊ हाबा पोस्टहरुको खेति गरेर स्त्रीलम्पट हरुको like comment फलाऊछे।
ऊ एक पन्णित पनि हो Comment मा थोप्लो दिएकै भरमा ऊसले भबिसायबाणि गर्दिन्छे।
दिनमै बिस तिस पोस्ट गर्छे
"यो ग्रुपको एऊटा केटा मन पर्यो"
"टाऊको दुख्यो"
"गर्मि भयो "
"म कस्तो लाग्छ?? "
"घिरौला मन पर्दैन"
"मलाई Crush भन्ने को को हुनुहुन्छ "
"मेरो फोटो पनि कुनै भाग्यमानिको मोबाईल मा कसो नहोला र "
यस्तै हाबा पोस्टले दिनचर्या कटछ ऊसलाई मलाई अरूले के सोच्छन भबिस्य मा मलाई के भन्छन पटक्कै प्रबाह छैन। हो ऊसको पोस्टमा गालि पनि ऊत्तिकै आऊछ जबाफमा ऊ भन्छे दुनिया मा करोणौ मानिस छन दुई चार जना टेढिदैमा केहि हुदैन। रिषाऊदै पोस्ट गर्छे "मेरो पोस्ट को आधारमा मलाई Judge नगर्नुहोला " तिमिलाई नदेखेको नभेटेको मानिसले तिम्रो पोस्ट ले तिम्रो मुल्याकंन गर्ने त हो पोस्टबाट मुल्याकंन नगरेर के बाट गरोस ।। ऊ बिस्तारै Boys को Secret रुमहरुमा छाऊछे भित्र भित्रै चरित्र हिन भन्नेको जमात बढिसकेको हुन्छ। तर ऊ अनबिज्ञ छ किनकि ऊसका पोस्टहरु ले नै ऊसलाई तल झारिरहेछ ऊसलाई भबिस्य को कत्ति चिन्ता छैन। भोलि कसैले यो त ग्रुपमा जिस्किएर बस्ने केटि हो भनेर घरबार नहुने सम्म पनि चिन्ता छैन । स्मरण रहोस राजा रामले माझिको कुरा सुनेर पबित्र सितासंग सम्बन्ध तोडेथे यो त कलियुग हो सानो कुराले ठुलो रुप लिन्छ। ऊ क्षणिक रमाईलो मा डुबेकि छ खराब भनेर नभनुन पनि कसरि ऊसले काम नै त्यस्तो गरेकि छ केटा जिस्काऊने पोस्ट गरेकि छ दुनिया संग झगडा गरेकि छ कहिल्लै ज्ञानगुन र आर्दस का कुरा गरेकि छैन राम्रो लाई त सबैले राम्रो भन्छन झमक कुमारि कै ऊदाहरण दिऊँ ऊहाले सब्द ले नै सबैको मन जित्नु भएकै छ ऊहाँलाई सबैले राम्रो नै भन्छन। ऊ आफ्ना सब्दहरुले आफैमा बदनाम हुदैछे ऊसले आफ्नो भबिस्य बिगार्दै छे तैपनि हजारौ ले उसको पढछन ऊ अझै पनि मख्ख छे केटाहरुले कमेन्ट गरेकै छन ऊसको समय पनि सजिलै संग कटदैछ ।।।आसा छ ऊ सुध्रियोस पोस्ट गरोस पोस्ट गर्नु नराम्रो हैन तर राम्रो कुरा लेखोस ऊसका लेखहरु मिडिया मा आऊन
~ सम्पुर्ण नारि हरुप्रति समर्पित
हो यो सब पढेर मलाई तालि हैन कति सानो सोच भनेर गालि आऊनेछ तर म बास्तबिकता लेख्न बाट बिचलित हुनेछैन
#Bitter_truth

हात्ती र कुकुर को कथा

एउटा कुकुर र हाती एकै पटक गर्भवती भए I गर्भवती भएको दुई महिना पछि कुकुरले आधा दर्जन छाउरा पायो I त्यसको केही महिना पछि फेरि कुकुरले बच्चा पायो I हाती जस्ताको त्यस्तै छ I कुकुरले फेरि केही महिना पछि फेरि तेस्रो पटक बच्चा पायो I तर हाती फेरि पनि उस्तै छ I 

कुकुरले बडो फूर्तिका साथ हाती नजिक पुगेर भन्यो; "हैन ए हाती, तिमी त गर्भवती भएको होइन कि के हो? हेर त मैले तीन तीन पटक बच्चा पाइसकें I सबै हुर्किएर ठुला, जंगे कुकुर बनिसके I तर तिम्रो त केही चालचुल छैन त?"

हातीले मुसुक्क हाँस्दै भन्यो "हेर, तिमीले दुई महिनामा झन्डै आधा दर्जन बच्चा पाउँछौ I तर, म झन्डै दुई वर्ष लगाएर बल्ल एउटा बच्चा पाउँछु I तर, जब मेरो बच्चा जन्मन्छ, धर्तीले स्पर्शको महसुस गर्छ I मेरो बच्चाले बाटो काट्दा सयौं मानिसहरु गाडी रोकेर हेर्न लालायित हुन्छन, क्यामरामा कैद गर्न उत्सुक हुन्छन I मेरो मात्र होइन, लामो समयसम्म धैर्यता राख्ने सबैको प्रतिफल महत्वपूर्ण हुन्छ !"

कहिले काहीं छिमेकी, साथीभाई, आफन्तले फटाफट प्रगति गरेको देखेर मन खिन्न बनाउन हुदैन I धैर्यता गर्न सिक्नु पर्छ I हरेक व्यक्तिको दिन आउँछ I आफूलाई विस्वास गर्न सक्नु पर्दछ I पर्खन जान्नु पर्छ I आफ्नो लक्षबाट विचलित बन्नु हुँदैन I जब धैर्यवान र आफ्नो लक्षमा लगनशील  व्यक्तिले सफलता चुम्छन, त्यो हीरा भन्दा बढी महत्वपूर्ण र मूल्यवान हुनेछ !

साथी


एकजना छोराको धेरै साथिहरु थिए उस्लाइ यो कुराको बहुत घमन्ड थियो तर उसको बुवा को एकजना मात्र मित्र थिए जो सच्चा थिए ।

एकदिन बाबू ले छोरालाइ भने छोरा तेरो तेतिधेरै साथी हरुछन ती मद्धे कुनै तेरो सबैभन्दा नजिक घनिस्ट  साथी लाई उस्को घरमा भेट्न जाउ म उस्को परिक्ष्या लिन्छु त्यो तेरो साथी बन्न लायक छकी छैन।

 छोरो खुसी खुसी तयार भयो अनि राती १ बजे दुबै बाबू छोरा छोराको सबैभन्दा घनिस्ट साथिको घरमा पुगे।

जब बाबू छोरा छोराको साथिको घर पुगे छोराले साथिको घर को ढोका ढक्ढकायो तर ढोका खुलेन धेरै बेर ढोका खटखटाए पछि भित्र बाट आवाज आयो कि उस्को साथिले आफ्नो आमालाइ भन्दै थियो यदि कोहि मलाइ खोज्न आएको हो भने म घरमा छैन भनिदिनु ।।

यो सुनेर छोरा चाहिँ उदास भयो अनि दुबैजना निरास हुँदै त्यहाबाट फर्किए।।

तब बाबुले छोरालाइ भने भोलि म तलाइ म मेरो एकमात्र साथिलाइ भेटाउछु।।

फेरि अघिल्लो दिन जस्तै दुबै बाबू छोरा रात को १ बजे  बाउको साथिको घर मा पुगे त्यहा पुगेर जब बाबुले आफ्नो साथिलाइ बोलाए भित्र बाट आवाज आयो पख मित्र १ मिनेट म ढोका खोल्न आउदैछु।

जब ढोका खुल्यो बाबुको साथी एउटा हात मा पैसा र अर्को हातमा एउटा तरबार लिएर निस्किए अचम्म पर्दै उनले आफ्नो साथिलाइ सोधे के हो मित्र यो ?

बाबुको साथिले भने  यदि मेरो यति घनिस्ट मित्रले राती एक बजे ढोका ढक्ढक्याउछ भने पक्कै पनि उ कुनै समस्यमा हुनुपर्छ र प्राय एस्ता समस्या दुई प्रकार का हुन्छन यात तिमी समस्यामा छौ तिमिलाइ पैसा को आबस्यकता छ यात तिमीलाइ कसैसङग तिम्रो ज्यान को खतरा छ ।।

यदि तिमिलाइ पैसाको आबस्यकता छ भने यो पैसा लिएर जाउ यदि तिम्रो ज्यान खतरामा छ कसैसङ्ग तिमिलाइ डर छ भने यो तरवार लिएर हिड मपनी तिमी सङ्गै जान्छु।।

तब बाबुले आखाभरी आँसु पार्दै आफ्नो मित्रलाइ भने मलाइ कुनै चिज को जरुरत भएर म यहाँ आएको होइन मत बस मेरो छोरा लाइ सच्चा मित्रको उदाहरण दिनको लागिमात्र एतिराती तिमिलाइ दुख दिएको हु एस्कोलागी मलाइ माफ गर.........!!

एस्तो साथी जिन्दगिमा कहिले नचुनौ जो तिम्रो समस्या मा तिमिबाट टाढा रहन खोज्छ खाली तिम्रो खुसिमा मात्र तिम्रो साथ रहन्छ।।

सबै सच्चामित्र हरुमा समर्पित
--------------------

यहाहरु कोहि मसङग फेसबुकमा साथिबन्न चाहानुहुन्छ भने कमेन्टमा Add लेख्नुहोस 😊

मेरो मन को भावना स्पर्श

#मेरो_मन_को_भावना_स्पर्श 
--*--
पुरुष को प्रेम तबसम्म हुन्छ जबसम्म उ महिलालाई उसले स्पर्श गर्दैन ।
जबसम्म उसले ति महिलालाई छुएको हुँदैन तबसम्म उनको लागि ति महिला सारा संसार नै हुन्छिन । 

र जसरी महिला उसलाई भरोसा गर्न थाल्छे आफ्नो संसार सम्झिन थाल्छे, उसलाई आफ्नो सबैकुरा सम्झिन्छे ।

तब अचानक उस पुरुषलाई ति महिला घृणित लाग्छ , चरित्रहीन लाग्न थाल्छ । 

किन...

उन महिलाले त उसलाई भगवान् मान्न थाल्छे उसको राम्रो नराम्रो आदत लाई केही सोच्दिन...

तर पुरुष ले माया गरेकै हुँदैन थियो , उत सिर्फ महिलाको शरिर लाई पाउन चाहन्थ्यो । उसको भावना उसको प्रेम उसको महिला प्रतिको सम्मान एक देखावटी मात्र हुन्छ ।

यो सब यहीँ ओछ्यान सम्म आउन चाहन्छ महिलाको साथ। यदि पुरुष यत्ति नै पबित्र हुन्छ भने किन उ प्रत्येक महिलालाई बासनाको नजरले हेर्ने गर्छ । 

किन स्पर्श गर्न चाहन्छ हरेक महिलालाई र जुन हातले उ कुनै अपरिचित महिलालाई छुन्छ भने किन तिनै हातले आफ्नो श्रीमतिलाई छुन्छ । यदि एक पुरुष ले छुदैमा महिला अपबित्र हुन्छेभने उनै महिलालाई छुएर त्यो पुरुष कसरी पबित्र हुनसक्छ । 

उनै अपबित्र हातले छुनबाट उसको श्रीमती उसको छोरी कसरी पबित्र रहन सक्छन् । 

जुन खेल उ घरबाट बाहिर हरेक दोस्रो महिला को साथ खेल्न चाहन्छ ..... 

यहीँ खेल उसको आफ्नो श्रीमती या छोरी को साथमा अरु कसैले खेलिरहेको छ भने... 

के उसले अपनाउछ होला , या फ़ेरि आफुले आफैलाई माफ गर्न सक्ला?? 

-------*------

जुन पुरुष ले यस्तो हर्कत गर्दैछन् यो पोस्ट मा सिर्फ उनैको कुरा लेख्ने प्रयास गरेको हुँ । बाकी पुरुष हरुलाई भनेको नठान्दिनुहोस् । यो मेरो पोस्ट सहि छ या गलत ?यो कुरा धेरैजसो महिलाहरू ले राम्रोसँग बुझ्नेछ्न । जसको साथमा यस्तो भएको छ, या हुँदैछ । बाकी कसैलाई यो कुरा देखि गलत लागेमा माफी चाहन्छु मन परे share गरौ ।।

परदेशी

कथा : परदेशी 
भाग : १
लेखक : Anmoal Lamichhane 
( कथा सेयर गरेर सबै को सामु पुराउन सहयोग गर्दिनु होला ) 

म घर को जेठो बाठो भनेर म हुर्केको समाज ले नाम दिएर सबै घर को जिम्मेवारि मेरो थाप्लोमा थपिदिएको थियो ।मेरो सानो परिवार अनि सुखी परिवार थियो । तर मनिस को उमेर बढदै गए पछि चाहना अनि रहर बढ्दो रहेछ तर मेरो परिवार मा ठुलो घरमा बस्ने रहर थिएन अनि महङ्गो गाडी मा चडेर हिड्ने रहर पनि थिएन । बश एक छाक मीठो मसिनो र पानी र घाम छेक्ने घर अनि समाज मा शिर निहुराएर हिड्न पर्न बाध्यता नहोस र छोरा छोरी को पढाइ र बिहेबारी यिनै थिए मेरो परिवारको चाहाना भनु यात रहर जे भने पनि यिनै थिए । उमेर बढदै गए पछि बाध्यता र इच्छा ले पिसिदा पिसिदै हाम्रो परिवार सानो बाट ठूलो भयो तर परिवार त ठूलो भयो तर गरिबिको चोपेटा मा परेर ठुलो परिवार अनि दुखी परिवार हुन पुग्यो ।मेरो परिवार मा बुबा ममि दिदी , म र 
कान्छो भाइ छौ । दिदी को बिहे त बल्लतल्ल ऋण खोजेर गरेयौ । आय स्रोत केही छैन मात्रै ऋणको भर मा घर धानिएको छ । भाइ सानो छ पढ्दै छ म नि बल्ल 12 कक्षा पास गरे तर जागिर कहि पाइन कि आफ्नो मान्छे चाहियो कि त पैसा फ्याकेर जागिर गर्नु पर्यो म त गरिब परिवार को मान्छे न आफ्नो मान्छे जम्मा गर्न सके न त पैसा को बिटो थुपार्दिन सके । त्येसैले त मेरो अन्तिम बाटो उहीँ परदेश थियो ।परदेश उ त्यो पर को देश जहाँ नया ठाउँ नया मान्छे छ्न । धेरै पैसा खर्च गरेर राम्रो देश जाने त मेरो हैसियत थिएन त्येही खाडी कि त अरब नै जान सक्ने त्यो पनि पल्लो गाउँ को मुखिया सङ्ग ऋण खोजेर । बल्लतल्ल केही पैसा जता ततै छिरलेर पासपोर्ट बनाए यो बनाउन पनि कहाँ सजिलो छ र मेरो देश मा मान्छेको पावर चाहिन्थियो तर म सङ्ग के को पावर थियो र त्येही पैसाको बिटो अगाडि देखाएर पासपोर्ट बनाए अब खाडी को लागि भिसा लगाए । भिसा पनि आयो । अरु को घर परिवार मा रुवाबासी हुन्थियो भिसा आउदा तर मेरो घर मा त धेरै खुसियाली छाएको थियो त्यो पनि म परदेश जान पाउँदा । मेरो परिवार मा मलाइ परदेश को देश मा पठाउदा पनि खुसी थिए किन कि म त धेरै धन कमाउन जान लागेको थिए । म त तेहा घर को सामान जस्तै थिए बुबा आमा ले सबै रहर अनि सपना म सङ्ग नि भिडाएर बिदेश को भुमी  सङ्ग बेचिदिएका थिए । किन कि म भन्दा बढी मेरो परिवार मा पैसा को खाचो र किन थाहा छ मेरो परिवार ले त्यो पैसा ले मेरो बुबा को भाग मा परेको माथिको पाखा मा 12 पाथी कोदो फल्ने बारि जोगिन्छ अनि तल फाट मा 8/9 माना मुरि फल्ने दुइ हल को खेत पनि  आफ्नो पुर्खौलि को  नाम मा बनाउन सक्नु हुन्छ , दिन रात पानी पर्दा घर भरी भाडै भाडा थापेर सुत्नु पर्दा बिहान उठदा भित्र मझेरी भरी पानी को तलाउ हुदा अन्खेरा ले डुबुल्की मारेर फालनु पर्न बाध्यता लाई खेप्नु पर्दा , घर को धुरि बाटो चुहिएको पानी रोक्न नया छाना किन्न पैसा ले मात्र गर्न सक्थियो  तेति मात्रै कहाँ होर दशै मा छोरी ज्वाईं आउदा छोरी को खाम मा 20 रुपिया र ज्वाइको खाम मा पल्ला घरे काका सङ् सापटी मागेर ल्याएको हजार को नया नोठ खाम हाल्दिनु पर्दा त्यो बेला सापटी नखोजी दुई वटा हजार का नया नोठ  गर्व को साथ राख्न नि पैसा चाहिएको छ । यी सबै कुरा पैसा ले मात्र रोक्न सक्छ तेसैले त म भन्दा मेरो परिवार ले पैसालाई ठूलो मान्छ । त्येसैले म बिदेश जादा मेरो जहान खुसी छ । 

क्रमश 

परदेशि को बेथा

  

रहरका सबै सपना बेचेर बाध्यता को भारी काध मा राखेर आज पराइको देश मा ज्यान फालेर काम गरेको छु । म त गरिब देश को गरिब परिवार को मान्छे धेरै पैसा खर्च गरेर राम्रो देश जान सकिन ।साहु सङ्ग चर्को ऋण  लिएर तेहि पनि खाडी मुलुक मा आएको छु ।
सबै ले भन्थे बिदेश गएपछी त धेरै पैसा कमाइन्छ राम्रो काम पाइन्छ । तर यहाँ आएर भोग्ने ले मात्रै बुझेको छ पराइको देश मा काम गर्न कति गाह्रो हुन्छ भन्ने ।आमा म खाडी आए तर पैसाकोबाढि ल्याउन सकिन ।कम्पनी मा काम गर्न भनेर म बिदेश आएको म आज होटेल मा सिसा पुच्छ्ने काम गर्दै छु । कति गाह्रो छ अरुको देश मा गएर काम गर्न नभनेको बेला मा भनेको नै तलब पाइन्छ ।

आज सम्म जसो तसो गरेर पैसा पठाएको थिए आमा दिन रात नभनी पठाएको पैसा ले बुबा को सपना पूरा गर्न अझै सकेको छैन थाहा छैन कुन बेला कति बेला आएर साहु ले घर लिलाम गर्दिन्छ । चिनेका आफ्न्तजन साथी भाइ ले यो पठाइदे मोबाइल पठाइदे तिनीहरुलाई  भन्न सजिलो छ पठाइदे तर यहाँ कति गाह्रो छ ती सामान पठाउन  उनी हरु लाई थाहा छैन आज कल तेहि कारण ले होला साथी भाइ आफ्न्तजन नि टाढा हुन खोजेका छ्न । परदेश आएको दुई बर्ष हुन लाग्यो अझै आफू ले बोकेर आएका ती सपना पूरा गर्न सकेको छैन ।कति धेरै दुख कस्ट सहेर अरुको देश मा काम गर्नु परेको छ पिल्ज मेरो परिवार मेरा साथीभाइ मेरो आफ्नतजन ले मेरो मर्म मेरो पीडा बुझदिनु होला । मोबाइल दिन नसकुला , राम्रो सामान ल्याउन नसकुला तर सधै हजुर हरु साथ मा रहेर काम गर्न छु  ।

                       तपाईं हरु को मिल्ने परदेशी 

लेखक : अनमोअल लामिछाने 

मेरा गणितका गुरु ( कविता)

मेरा गणितका गुरू! 
मैले घोकेका साध्य र ज्यामितीहरू
आयतन र परिमितीहरू
अनि ती बिजगणितका डरलाग्दा
'ए' र 'बि'का सूत्रहरू
खै कहाँ काम लाग्छन् ?
जो बिराउदा कैयौ चोट पाएका थिए यी हातले
कैयौ मुर्गा बनाइएका थिए चौरमा
कैयौ पटक उभ्याइएको थियो डेस्कमाथि
र जबर्जस्ती जान्ने बनाइएको थियो मलाई,
मानौकी मेरो जिन्दगी अब फलिफापको बाटोमा अगाडि लाग्यो
तर अचेल मलाई हजारबार जिन्दगीले फेल घोषणा गर्छ,
हिसाब मिल्दै मिल्दैन जिन्दगीको
गुरू कुन सुत्र प्रयोग गरूँ म?
बाको रसिला आखाको आयतन कसरी निकाल्नू
आमाका हातको ठेलाको घनत्व कसरी नाप्नू
छोरि को भोकको क्षेत्रफल निकाल्ने सूत्र के हो?
हजुरआमाको लौरी कुन सूत्रले अड्याउने?
माइनस् माइनस् प्लस हुने सुत्रमा
'दुख दुख'सुख हुन नसकेर फेरि दुख नै हुनु पर्ने
'अासु आसु' हासो नभएर पुन: आसु नै हुनु पर्ने
यो कुन नियम हो
जो मलाई सिकाउदै सिकाइएन।
ब्ल्याकबोर्डको त्रिभुज र चतुर्भुज खुब नापियो
भित्री कोण र बाहिरी कोण नापियो
डिग्री डिग्रीमा नापियो
एन्गल एन्गलमा नापियो
तर जिन्दगी त हजारौ भुजाले बन्दो रैछ
न नापिन्छ न देखिन्छ कुनै दृश्यमा
न लेखिन्छ न छापिन्छ कुनै पानामा
भित्री कोण र बाहिरी कोण मात्र कहाँ
रहश्य र जालझेलका करोडौ कोण हुदा रैछन्
घात र प्रतिघातका अनगिन्ती एंगल हुदा रैछन्
जसलाई नजरन्दाज सम्म गराइएन कि
तैले यसरी पनि बाच्नु पर्छ भनी।
सिंगो परिवार बन्धकीमा राखेर
हरियो पासपोर्ट बोकेर परदेश हिडेको
लाहुरेको गरूंगो पाइलाको ओएट(भार) कुन ग्रामले नाप्छ
त्यो बिछोडिदाको मुटुको गति कुन मिटरले नाप्छ
ती झरेका आशु कुन लिटरले नाप्छ
त्यो चोटको गहिराई कुन एकाईले नाप्छ
गुरू यसका कुनै सूत्र छैनन्?
मेरा गणितका गुरू!
मलाई माफ गर्नुहोस् है
तपाईको गणितमा जसोतसो 'उत्तिर्ण' भएको म
तर जिन्दगीको गणितमा
लज्जास्पद तरिकाले 'उत्तारित' पनि हुन नसकेर
'लत्तारित' भैरहेको छु।
गुरू!
मिल्छ भने भाइ बहिनीहरूलाई
गणितसँग जिन्दगीको हिसाब पनि
थोरै थोरै सिकाइदिनुस् न है ।

उही तपाईंको आज्ञाकारी 
छात्र

गुरुवार, 6 दिसंबर 2018

मनको गाँठो (भाग :२ )



             स्कुल लाइफ तेस्तै चली रहेको थियो । त्यो भन्दा धेरै मलाई बिनिता मन परिरहेको थियो । तर भन्न सकिरहेको थिएन । अपरिचित मान्छे साथी बनेर प्रेमी प्रेमिका बन्न सक्छ तर प्रेमी प्रेमिका छुटेर फेरि साथी बन्न सकिदैन । त्यसैले प्रेमको कारणले हाम्रो मित्रता मा पुर्ण विराम लाग्ने त होइन ? यस्तै यस्तै कुरा को डर थियो । एकदिन सकी नसकी एउटा प्रेम पत्र लेखे, तर कसरी दिने ? आफैले दिने कुरा भएन अनि मैले किताबमा राखिदिए अनि किताब उसलाई होमवर्क गराउन दिने बहानामा उस्लाई पत्र दिने । सबै कुरा मेरै प्लान अनुसार चलिरहेको थियो । बिनिता ले मेरो किताब हरू लिएर गयो जुन किताबमा मैले उसको लागि पत्र लेखेर राखेको थियो ।

         भोलि पल्ट स्कुल गए तर बिनिता म सँग त्यति राम्रो सँग बोलेन अनि राधा सँग पनि बोलेन ।खाजा खान जाऊ भनेर बोलाउँदा पनि आएन अनि राधा र म गएर खाजा खाए । त्यो दिन त्यसै गयो, सोचे गल्ती मेरो नै थियो मिल्ने साथीलाई प्रेम प्रस्ताव राख्नु । भोलि स्कुल गएर किन रिसाएको भनेर माफी माग्नु पर्ला यस्तै यस्तै सोचेर रातीको खाना खाएर सुते । आज पनि उस्तै थिई, अनि आज त हामी संग पनि बसेन् अरु साथीहरु संग बस्यो । बोल्ने कुरा नै भएन, ब्रेक टाइम मा सबै जना क्लास बाट बाहिर गयो म , राधा , बिनिता अनि अरू २/४ जना साथी हरु क्लास मा थियो । म बिनिता भएको ठाउँमा गएँ म त्यहाँ जाने बितीकै बिनिता उठेर रामको हात समातेर बाहिर गयो । मैले हेरेर बस्ने बाहेक अरु केही गर्न सकिनँ । अनि क्लासमा बस्न मनलगेन राधालाई भने मेरो किताब हरू लिएर जाऊ अनि भोलि स्कुल आउँदा मेरो होमवर्क पनि गरिदेऊ है । राधा : अनि तिमी कहाँ जाना लागेको नि ? म : घरमा जान लागेको ।राधा : किन ? के भयो ? म: केही नाई, सकिदैन भने दिदी लाई पठाई दिनु किताब ।

                          अन्तिम परीक्षा चलिरहेको थियो त्यो बेला सम्म पनि बिनिता राधा र म सँग बोलेको थिएन । परीक्षा को तयारी खासै थिएन मेरो किन की मलाई पास मात्र हुनलाई कुनै ठूलो कुरा थिएन त्यसैले मलाई किताब हेरिरहनु पर्ने अवस्था थिएन सधै जसो किताब नपढी परीक्षा दिन जान्थ्यो । एकदिन दिउँसो बाहिर बल खलिरहेको थियो मम्मी ले देख्नु भयो र मलाई गाली गर्नु भयो । परीक्षा चलिरहेको छ खेलेर बस्छ भनेर मम्मीले कराएपछि किताब हेर्न थाले भोलि सामाजिक को परीक्षा थियो किताब जिकेर पल्टाउन थालें । किताबको बीच बाट एउटा कपिको पन्ना पल्ट्यो जुन मैले सोचेको पनि थिएन जहाँ थियो ...

           "मेरो प्यारो मान्छे 
       खै त मेरो पहिलो पात्रको प्रतिक्रिया पनि दिनु भएन माया गर्नु हुन्छ भने हुन्छ भन्नु गर्नु हुन्न भने हुन्न भन्नु । हुन त म हजुरको लायक को छैन होला तर आफुभन्दा धेरै माया गर्छु सञ्जु । होला जातमा सानो तर म बाट तिमीलाई दिने माया कहिले पनि सानो हुने छैन । वक्तित्वकला मा तिमीले बोलेको कुरा हरुले मेरो मन छोएको थियो । मलाई त्यहि बेला तिमीलाई माया गर्छु भनेर भन्न लागेको थियो तर भन्न सकिन । अनि मैले यहि पत्र लेखेर हजुरको किताबमा राखिदिए थाहा छैन त्यो पत्र हजुरले हेर्नु भयो या हेर्नु भएको छैन त्यो त थाहा छैन । यदि हेर्नु भएको भए मेरो पत्रको जवाफ मैले पाउनु पर्ने थियो तर पाईन ।

सञ्जु हजुर मलाई माया गर्नु या घृणा गर्नु तर म सधैं हजुरलाई माया गरी रहने छु । हजुर मलाई माया गर्दिन भन्नु त्यो हजुरले भन्न पाउनु हुन्छ किन कि म त एउटी दलित हुँ । भनिन्छ नि सञ्जु मायामा जात भात हेरिँदैन । लाग्छ कतै मैले आफ्नो औकात भन्दा माथिको सपना त देखिरहेको छैन ? यदि म बाट कुनै गल्ती भए मनै देखि माफी माग्न चाहन्छु । 
                                                                                                       उहीहजुरको धेरै माया गर्ने 
                                                                                                                    राधा "

क्रमश..…..

रविवार, 2 दिसंबर 2018

मनको गाँठो


       मम्मी यो जात भनेको के हो ?( मेरो निधारमा टीका लगाउँदै )मान्छे मान्छे बीच फरक छुट्याउने चिज हो। किन मान्छे मान्छे बीच फरक छुट्याएको नि मम्मी ? पहिले पहिले एउटा राजा को धेरै छोरा हरू थियो रे, केही छोरा हरू बुद्धि मान थिए कोही छोरा हरू बलवान थिए । त्यसैले त्यो राजा ले आफ्नो छोरा हरुको काम को आधारमा जात छुट्याएको थियो, को कोही तल्लो जात कोही माथिल्लो जात । मम्मी मेरो क्लासको साथीहरुले मलाई राधा सँग नबसा त्यो दलित हो भन्छ, के राधा सँग बस्नु हुँदैन हो ? होइन त्यसो भन्नु हुँदैन, राधा पनि तिम्रो साथी हो नि होइन र ? राधा हाम्रो क्लासको राम्रो विद्यार्थी हो, म सँग धेरै मिल्छ थिई भएर मलाई साथीहरुले नमिलोस् भनेको होला । ल ल होमवर्क सकेको भए खाना खाएर स्कूल जाना तयार हौं ।
       
     दिदी र म खाना खाएर स्कूल गएँ सधै झैँ पुलमा राधा मेरो पर्खाइमा बसिरहेको रहेछ । दुई चुल्टी बाटेर साफा स्कूल ड्रेसमा साच्चै राम्री देखिन्थे राधा, स्कुलमा पनि सबै ले राम्रो भन्थी । पढाइमा निकै अब्बल थिई । जाँदा जाँदै बाटोमा बिनिता पनि आइपुगी । हामी तीन जनाको जोडी कहिले पनि छुँदैन जहाँ गएपनि जे गरेपनि । राधा सधै फर्स्ट , म सेकेन्ड अनि बिनिता थर्ड हुन्थियो सधै। बिनिता पनि राधा भन्दा कम चाहिँ थिएन दुई चुल्टि बाटेर आँखामा गाजल, कहिले काँही लाग्थियो ई दुई साथीहरु मलाई भगवानले मेरो लागि नै बनाएको हो । क्लास मा केहि गर्नु पर्यो भने सधै सर हरुले सम्झिने नाम राधा, सन्जु, बिनिता हामी भए पछि कसैले केहि भन्नु पर्दैन थियो । यसपाली कक्षा सात बाट आठ मा आउने विद्यार्थीहरू मध्ये सबै भन्दा राम्रा विद्यार्थी भनेर हामी तीन जनालाई भनेको थियो । बिनिता अलि कति लाजालु थियो भने राधा मनमा केहि कुरा नराख्ने ।
  
      क्लासमा सधै अरु साथीहरुले भन्थे केहो यार दुई दुई वटा गर्ल फ्रेन्ड हामीलाई पनि एउटा मिलाई देउन भनेर जिस्काउँथे । तर हामी बिच त्यस्तो केही पनि थिएन सधै एउटै बेन्चमा बस्थे खाजा पनि सँगै खान्थे । अरु केटा साथी हरुले भन्थे त्यो राधा त दलित हो नि त्यो सँग खाजा खानु हुँदैन त्यसको जुठो खानु हुँदैन । मलाई कता कता यस्तो कुरा हरुले मनमा छुन्थ्यो । के साच्चै दलित सँग कुरा गर्नु हुँदैन ? के दलित सँग बस्नु हुँदैन ? के दलित ले छोएको खानु हुँदैन ? यस्तै कुरा हरु मनमा खेलाउँदा खेलाउदै स्कुलमा पनि आइपुगेछ । हामी तीन जाना क्लासमा छिरेउ र सधै झैँ अगाडिको बेन्चमा हाम्रो किताब राखेर बाहिर यसम्ली को लागि आयौ । राम प्रसाद ,विजय, हरी , राजु हरू घाम मा बसिरहेकी रहेछ त्यतिकै मा ओइ कृष्ण सञ्जु भनेर राजुले बोलायो हामी तिनै जना तिनीहरू भएको ठाउँमा गए, किन राजु ? पछाडिबाट राधा "काम पाइएन ? अर्काको नाम मा चाइदो नचाइदो नाम जोडेर बोल्न लाई?" त्यतिकै मा विजय ले बोल्यो दुई दुई ओटी गोपिनी हरू घुमाएर हिड्ने लाई कृष्ण नभनी के सञ्जु बाबा भनूँ ? सबै जना हाँसे ,। बिनिता रिसाएर तिमीहरू साथी हौं की दुस्मन हो ? साथी साथी सँगै नहिडेर के झगडा गर्दै हिँढु ? राजु ले बोल्यो सरी सञ्जु तिमीहरू सधै सँगै हिँड्छ थिई भएर जिस्काएको माइन्ड नगर न ।😊 ल ल अँ साच्चै किन बोलाएको नी मलाइ चाई ? आउँने शुक्रबार स्कूल मा वक्तित्वकला छ । तिमी पनि भाग लिने होइन ? हुन्छ त्यसोभए अहिले नै गएर नाम लेखाई हाल्ने नि । सबै जना अफिस तिर लागे .....
क्रमश ..…

बुधवार, 29 अगस्त 2018

नजुढने माया (भाग १)


जब म ह्वोशमा आयो तब सबै कुरा अनौठो लागि रहेको थियो । किन कि म मेरो रूममा थिएन, म एउटा बन्द कोठामा थुनिए को थिए । बेड, बेडमाथी म, म माथी पातलो च्यादर, च्यादरमाथी रंगीन फूलहरुका चित्र सुम्सुम्याउदैछु। हातमा मोबाइल, नजिकै एउटा टेबुल, टेबुलमाथि छरिएर रहेका मेरा प्यारा दुश्मन, म ती दुश्मनहरुको मुख हेर्न पनि चाहन्न। तर के गर्नु समय समयमा ती दुस्मनहरुसँग मित्रता गरिन भने नप्यारो मृत्युको मित्र बनिने पनि डर छ, मर्न डर लाग्छ। केही थान क्याप्सुल, ट्याब्लेट अनि एउटा मीठो झोल भिटामिनको बोत्तल, शारीरिक कमजोरी र मनको तनावका कारण म बिस्तरामा परेकोथिएं त्यसैले भिटामिन खानु परेको थियो, अनि निन्द्राका गोलि।

तीन दुश्मनहरुसँगको मित्रताले हिजो भन्दा आज ज्यानले केही राहत पाएको थियो, हिजोसम्म नचलेका औँला चिलाइरहेका थिएं, के लेखौं के लेखौ भैरहेको थियो। कोठामा कोहि थिएन, म एक्लो थिएं बोलाउने कोहि थिएन सुनिदिने कोहि थिएन, तर पनि त्यो छतमा झुन्डिएको पुरानो पंखा, जो घ्याँर-घ्याँर, घुँर-घुँर, चुइँ-चुइँ गरि मलार्इ हेर्दै मेरो यो अबस्थालार्इ गिज्यर्इ रहेको थियो ।, तर मैले उसका कुरा बुझिन र ध्यान पनि दिइन, यसैबिच छेउमै रहेको एउटा कान नबज्ने अधुरो हेडफोन तानेर मोबाइलसंग जोडिदिएं, संगितमा भुल्न चाहें, अधुरो हेडफोन, अधुरा मेरा सपना अनि अधुरा प्रेमको भाव बोलेका गितहरु सुन्न थालें।, मलाई रोमान्टिक गितहरु भन्दा पनि वियोग र समर्पणका भाव भएका गित बढी मन पर्दथ्यो। र मेरो प्रिय गायक नरेन्द्र प्यासिको आवाजको गित
"सायद जाती हुन्थ्यो होला तिम्रो याद नआउने भए,
तिम्रो माया बिना तिम्रो साथ बिना जीवन सुहाउने भए"
यहि बोलको गित एक कानमा गुन्जिरहेको थियो।
अकस्मात म त्यही गितको भावमा चुर्लुम्म डुब्न थालेछु, अघिसम्म के लेखौं के लेखौं भैरहेका औंलाहरु चल्न जोड दिइरहेको थियो, बिगत, तिमीसँगका कुरा अनि दिलमा तिम्रा यादहरु झरी पर्नुभन्दा पहिले मडारिएको कालो बादल जसरी मडारिदै गएका थियो, अनि त्यो विगत, तिमीसँगका तितामिठा बात र ती तिम्रा यादहरुलाइ लेख्न मस्तिष्कले यी औंलाहरुलाई निरन्तर दवाव दिइरहेको थियो । मैले पनि लेख्न थालें त्यो समय अनि तिमी र म साथै हामिबिचका कुरा अनि हाम्रो सम्बन्ध । साँच्चै लेख्नु त मन थियो "हाम्रो माया" । तर कसरी लेखौं "हाम्रो" शब्द? जबकी "तिमी" तिमी नै रह्यौ "म" म नै रहें। "हामी" सकेनौं……………
क्रमशः
बाँकी दोस्रो भाग छिट्टै ल्याउनेछौं
धन्यवाद ।।



आकाश छुने आशमा बिना पखेटा फुर्र फुर्र उडेको मन, आज चट्टान जस्तो तिम्रो दिलमा ठोकिएर टुक्राटुक्रा भैदियो,
दोष तिम्रो होइन , नियतिको हो जसले मेरो भाग्यमा पत्थर सँग प्यार हुने दुर्भाग्य लेखिदियो

मंगलवार, 21 अगस्त 2018

कथा तिम्रो र मेरो



     सायद भग्यामा नभएको तिमीलाइ अाफ्नो भनउन खोज्नु मेरो गल्ती थियो ।
दैवले पनि कस्तो किस्मत लेखिदिन्छ है । जस्को माया र साथाको अाभास्य्का थियो उसैको नझर बाटा तल खस्न पुग्यो । 

कति अाभागी है म जस्को साथामा सात जुनि सँगै जिउने कसम खाएको थियो अाज उसै बाट टाढा हुन पुग्यो। बिना म खुशी होला र तिमी बिन ?  के रमाएर बस्न सक्छु र ?होइन बिना हजुरले हजुरको मिलनलाइ अझैँ चिन्नु भएको रहेन छ। हजुर त मेरो सब थोक है मेरो जिन्दगी, मेरो खुशी, मेरो उमङ्ग । अाफ्नो मुटु देखि कोहि टाढा हुन सक्छ र ? तिमीले मलाइ जे-जस्तो अारोप लगायत पनि, मलाइ बुझाने कोसिस नगरेता पनि मेरो विश्वश अनि मायामा अलिकति पनि कमी अाउन दिने छैन । 

जव सम्म यो स्वास बाँकी रहन्छ तव सम्म ति मिठा पल हरूको याद मा समय बितिथ  गरि रहने छु । मेरो यथार्थ तिमी बाट छुट्टिने नयाँ बाहन बन्न पुग्यो । कस्तो जिन्दगी पाए मैले न त कुनै उमङ्ग छ न त कुनै खुशी । मेरो अवस्था दिन प्रति दिन अति नाजुक हुँदै गइ रहेको छ । डुब्न लागेको घाम र निबन लागेको बत्तिको अबस्ता मा पुगेको छु । तर पनि कसैप्रति गुनसो छैन । सायद किस्मतमा तिम्रो साथा यति नै लेखेको रहेछ, मेरो जस्तो किस्मत नियतिलेअरू कसैको नलेखोस । समय अनि परिस्थितीले खेलाएको खेलमा नजानिदो तरिकाले म हार्न पुगे । 

बिना हजुरको जिन्दगीबाट टाढा गएता पनि  हजुरको यादबाट टाढा जान सकिन । जति कोसिस गरेता पनि भुल्न सकिन मैले। बिना मलाइ माफ गरी देउ ल हजुर सँग गरेका बाचा कस्समहरू यस जुनिमा पुर गर्न सकिन मैले । हजुरलाइ खुशी साथा दिन सकिन मैले, के गर्नु नियतीलाइ यस्तै मञ्जुर रहेछ ।तर बिना यो जन्म मा नसके नि अर्को जन्ममा यी अपुरा र अधुरा बाचा हरू पुर गर्ने छु , अाफ्नो जिन्दगी फेरी नयाँ ढंग बाट सुरू गर्नु होला हजुरको सफलताको हर बक्त कामान गरि रहने छु । 

उही हजुरको 
मिलन

रविवार, 19 अगस्त 2018

New नेपाली Status ( New Nepali Status )



1.
तिम्रो एकथोक मायाको लागि सबथोक गुमाएको मान्छे हु म !!

2.
टाल्दै गयाे ,फाट्दै जान्छ, भाेटाे जिन्दगीको
जति खिच्याे उति थाेत्राे , फाेटाे जिन्दगीको।

3.
म सँग सँस्कार को त कुरै नगर केटाकेटी हो!
म बाथरुम मा पनि तौलियाले बेरेर नुहाउचु  ।
😂😂😆😆

4.
टप लेस र हाप पाइन्ट लगाएर हिड्ने काठमाडौँमा शरीरको ९०% अंग ढाक्ने गरि पेटिकोट लगाकोलाई अर्ध नग्न रे!!!

5.
All girlz r not same😉
कोही मोटी हुन्छ कोही दुब्ली
कोही गोरी हुन्छ कोही काली...😂

6.
गित सुन्दा नि अचम्म लाग्छ!
"पानीको फोका जस्तै फुट्यो हाम्रो माया" रे!!

अनि के Atom बम जस्तो फुट्नु पर्ने!!
😆😆😂😂

7.
जब तिमी आँफु आफैंसंग खुसि  हुन सक्दैन भने कसरि आश गर्न सक्छौ तिमी  "अरु कोहि म संग खुसि हुन् भनेर" ??

8.
कस्तो जमाना अायो ! 😎
राम्रो र इमानदार 😂 मान्छे
खोज्न पनि एैना अगाडि हेर्नू पर्छ😆

9.
बिहे गर्ने मात्र होईन सरकार अब  love  गर्ने नि
उमेर तोक्नु परो आज्कल्का भुरभुरी हरुले बाटो बाटोमा चटक देखार घर बाट निस्किनसक्नु छ

10.
यदि कसैलाई सम्झिँदा अनयासै तपाईंको मुहारमा मुस्कान झुल्किन्छ भने,
बुझ्नुहोस त्यही मान्छे सङ तपाइँको खुशी सम्बन्धित छ ।

11.
लभ गरेको एक वर्षसम्म आफ्नी प्रेमीकालाई नछोइ बसेको हर्केलाई उसकी गलफिरिनले "तिम्लाई त मायै गर्न आउदैन रहेछ" भनेर छोडेर गैछे #लघुकथा

12.
अर्का को बुढा भगाउने ठुलो रहर थियो 😀😀
अोलि ले खोलि मै बगाइ दियो 😀😀😂😂😂😆😆😆

13.
ए मृत्यु …!
त्यति हतार पनि नगर है ;

जिबनमा साथ छोडेर जानेको
प्रगती हेर्नू छ मलाई  ………!😐😐😑

14.
मुटु को धड्कन (ECG) बांगो टिङ्गो भए
बाँच्नि सिधा भए मर्नि साच्चै नै यो संसार
मा बढी सिधा भैयो भने मरिन्छ!!
😌✋

15.
कति चाहेर पनि बोल्न नसकिएका शब्द
कति बोलेर पनि खोल्न नसकिएका शब्द
ं केबल
#तिमी "लाई "😐

16.
स्वतन्त्र गरिदिए ती मन लाई पनि जो तिमी भनेपछि मरिहत्ते गर्थे !!!

17.
समय जति बदलियोस तर
कहिल्यै "माया "नबदलियोस !!

18.
लडखडाउन खोज्छन् मेरा पाउहरु ,🚶
समाउ कस्को 👫हात मज्जिल खालि भो 😒
#तिमि गयौ र पो यो दिल खालि भो 😄😄

19.
कवाडीमा बिकेर गए ती कापीहरु,,
जसमा सानो छ्दा ठुला ठुला सपनाहरु कोर्ने गरिन्थ्यो !!

20.
फूलले नै काँडाको व्यवहार गर्न थालेपछी
मन त चस्किहाल्छ नि !!

21.
समय बदलियो तिमी बदलियौ
मुस्कुराउनेको कारण पनि बदलियो
तर आँसुको कारण अझै पनि उस्तै छ।।

22.
जित्न खोज्छु मान्छेको मन यहाँ रङ्गी बिरङ्गी Post गरेर।
पढ्ने हरुलाई के थाहा म भित्र बाट कति एक्लो छु भनेर।

23.
व्यबहारले त भनि सके
 बस अब मुखले भन्न बाकि छ।
    "मैले हजुरलाई चिनिन् नि"

24.
करोडौं ताराहरु माझ केवल एउटै जून
उसले मलाइ जे सुकै सोचुन
तर उ मेरै हुन !

25.
अक्सर मानिसहरु उसैको पछि लागिरहेका हुन्छन, जसले कुशलतापुर्वक झुट बोलिरहेको हुन्छ ।।
#कथा_जिन्दगीको

26.
१.रुनु छ भने कसैलाई हृदय देखि माया गर्नुहोस।
२.रुवाउनु छ भने कसैलाई bf बनाउनुस,,
सबै कुरा किनाउनुस अनि छाडिदिनुस ।।

27.
तिम्रो प्रभावमा होइन कि अभावमा छटपटिएको छु त्यसैले त तिमी गलत छौ नि ।। 😒😒😒

28.
भरोसाको धुरीमा एउटा टेको हल्लँदा पनि गरिबको जिन्दगी तहस नहस हुन खोज्दैछ ।।।

29.
जिन्दगीमा कहिल्यै हजारको नोट देख्न नपाउने दुखी गरिव कति धेरै छन अब जन्मदर्ता शुल्क हजार राखेर संघियता खराब हो भनेर पुष्टि गर्न खोजेको त होइन कतै ??

30.
सार्थक उपदेश त्यही हुन्छ,
जो वचनले होइन आचरणले प्रस्तुत गरिन्छ !

31.
म महिनाको 50 हजार कमाउछु। म खुसी थिए।
जब मलाई थाहा भयो मेरो साथी ले 51 हजार कमाउछ,म संसारकै सबैभन्दा दुखि मानव बन्न पुगे !

किनकि म #नेपाली हुँ, मलाई आफ्नो दु:ख मा भन्दा पनि अरूको खुसी मा धेरै दुःख लाग्छ 😐

32.
मन्दिरमा भगवानसँग लाखौ करोडौंको लागि हात फैलाउने मान्छे भगवानलाई चढाउनको लागि खल्तिमा सिक्का खोज्छ ......!!

33.
गुमाउन त तिमिले नि गुमायौ
अनि मैले पनि
फरक यति हो
मैले तिमिलाई पाउन सबथोक गुमाए
अनि तिमिले सबथोक पाउन
मलाई गुमायौ

34.
साँचो खुशी तब मिल्दो रहेछ,
जब आफ्नो सोच, बोली अनि कर्म समान हुन्छ !!

35.
धनको गरिव भए पनि ठिकै छ,
बस ! मनको गरिव नभइयोस भौमान ......
त्यति भए मलाई पुग्छ 😎😎

शनिवार, 18 अगस्त 2018

नेपाली गजल संग्रह ( nepali gajalsangrha )


"NEPALI GAJAL" "GAJAL" NEPALI STATUS"


1.
यो सरकारले हाम्ले खाने नुनको कर उठाउँदैछ।
बाउबाजेले देश जोगाको गुनको कर उठाउँदैछ॥

देशमा बिकाश गर्न होइन नेता मन्त्री पाल्न लाई,
गोठमा भको भैंसीको नि थुनको कर उठाउँदैछ।

प्राकृतिक साधन स्रोतको उपयोग गर्ने नाउँमा ,
लाज पचारै पुर्णिामाको जुनको कर उठाउँदैछ॥

2.
खडेरी का रहर हरु अलपत्र परिसके।
उम्रीन नि नपाउँदै गर्भ भित्रै मरिसके॥

कष्ट सँग जोगाएको कतिपय रहरहरु,
हुने छाँट नदेखेर आत्महत्या गरिसके।

छाडिदिएँ अब मैले सजाउन मन भित्र,
बाँकीभका जतिलेनि पुरै डेरा सरिसके।

नयाँ रहर सम्हालेर अघि बढौं भनेपनि,
मनपर्ने खेतबारीमाअर्कैले बीउ छरिसके॥

3.
दुखको जङ्घार ,तर्दातर्दै सकिन्छ जिन्दगी
भबिस्य सङ्ग ,डर्दाडर्दै  सकिन्छ जिन्दगी

पापि पेट पाल्नकै लागि भएपनी जिन्दगीमा
उकाली ओराली ,गर्दागर्दै सकिन्छ जिन्दगी

आज एउटा भोलि अर्को पर्सि अर्को काम भन्दै
समयको रफ्तारमा ,चल्दाचल्दै सकिन्छ जिन्दगी

4.
कमजोर हूँ या त बलियो,
घमण्डि हूँ या त सरल
मूर्ख हूँ या त बुद्धिमान
नतौल मलाई कसैसङ्ग ...
मलाई त
मेरा सम्पूर्ण गुण र अवगुण
सहितको
मात्र `म´ बन्नु छ ।
मेरा आफ्नै
कथा र विचारहरुको संसर्गबाट
मलाई `म´ जन्माउनुछ।

5.
भोलि अाउनुस् अाज नेपाल बन्द छ
यहाँ नेता-नेतामा अान्तरिक द्वन्द छ

अचेल नालाभन्दा मान्छे गन्हाउँछन् 
छ्या कति फोहोर चारैतिर दुर्गन्ध छ

अाकाशको तारा झारिसके भद्रहरूले
त्यसैले विकाश चाहिँ एकदम मन्द छ

अब सगरमाथा बेच्ने तैयारी हुँदैछ अरे
भित्रभित्रै देश लिलामीको छेकछन्द छ

6.
रोकिदैन   अब  यिनी   कुकर्ममा  लागिसके
वन्द हडताल  गर्नलाई दिनानुदिन जागिसके  !

दिनभरी  काम  गरि   पेट  पाल्ने  जनताको
बुझ्दैन   पिर  मर्का  सिमा   रेखा   नाघिसके !

भारतको  अत्याचारमा  मुख लुकाई बस्नेहरु
यस्तो   लाग्छ   हृदयमा  नेता  प्रेम  टागीसके !

7.
आफु रित्तिएर सधै मलाई भराउने मेरि आमा।
काचो माटोलाई फुलदानी गराउने मेरि आमा। ।

कति आए कति गए दुखका ति भेलबाढी।
आफु बगेर मलाई खोली तराउने मेरी आमा। ।

हर्ट टु हर्ट कनेक्सन भनेको यहि होला सायद।
मलाई चोट लाग्दा सधै भरी चहराउने मेरी आमा।।

8.
#गजल
जिउने आशाहरु मरेरै हो कि
आँखाभरि आशु भरेरै हो कि

नितान्त एक्लो बस्न रुचाउछु
सबैले धोकैधोका गरेरै हो कि

मायामा विश्वासहरु निभेर गयो
विश्वासमा घात नि परेरै हो कि

मलाई छोडी अरुलाई समायो
फेरि मनमा स्वार्थ सरेरै हो कि

उसको यादमा मरि पो सकेछु
छातिबाट मुटु मेरो झरेरै हो कि!

9.
तिमिले चाहाँदैमा नारी दास हुँदैन
परिस्थिति पनि सधैँ एकनास हुँदैन

तिमी उचाई मा छौ आज भुईँ देखेनौ
एक दिन तिम्रो शरीर संग सास हुँदैन

माग्नेलाई दिन्छु भनेर स्वार्थ नलुट
नदेखाए सम्म उस्लाई आस हुँदैन

पापको घडा भर्दैजाने भगवान पुकार्ने
लाख कोसिस गर शान्तिको बास हुँदैन।।

10.
बाआमा पाल्दिनौ भने भो लाउदिन माया।
चुलोचौको बाल्दिनौ भने भो लाउदिन माया।।

बुहारी भएसी सबैतिर सोच्नुपर्ने हुन्छ आफै।
भत्केको घर टाल्दिनौ भने भो लाउदिन माया।।

जानेकै हौली परम्परा ढिकी जातो गर्नुपर्छ।
आटोपिठो चाल्दिनौ भने भो लाउदिन माया। ।

11.
नजर अन्तै हान्छौ अरे,तिमी शहर पसे देखि ।
भट्टि छिरी तान्छौ अरे,तिमी शहर पसे देखि ।।

सहरमा तिघ्रा देखाई,हिड्ने ठिटी देखे पछि ,
मलाई पाखे मान्छौ  अरे,तिमी शहर पसे देखि।।

बाबु अामा छोरा छोरी  अनि मलाई बिर्सीएर ,
रिना,टिना,छान्छौ अरे,तिमी शहर पसे देखि ।।

12.
तिम्रो मेरो  परिवारको, ~बात फरक  भयो
छाडिदेउ  अब हाम्रो, औ~कात फरक भयो

भन्नलाइ त भन्छौ तिम्रो~छाया बनिदिन्छु
पुर्णिामा र औंसिको त्यो, रात फरक भयो

हुर्किएकि  पैसै ~पैसा,   ऎस  ~आराममा
धनी अनि  गरिबको,  जात  फरक  भयो !!

13.
पापको धन  टिक्दैन अरे तर झुट रहेछ
हिजोका मगन्तेहरू मालामाल देखेँ मैले

मलाई मीठो बोल्ने मान्छेसँग डर लाग्छ
मारेर दुर्घटना भन्ने खतरा चाल देखेँ मैले
 
भ्रष्टहरूलाई जेल हाल्छु भन्थे मन्त्री ज्यू
उहाँकै  भान्सामा सुनको थाल देखेँ मैले ।।

14.
भ्रष्टाचार गरेको कालो कोट लाउनेहरु देखिए
सुरक्षा कर्मिद्वारा बलत्कृत बालिका भेटिए ।।

हत्यारालाई सजाय होइन फाँसी दिनुपर्ने
सोझा र साझा निमुखा बलिदानमै काटिए ।

कति सहनु अब दमन अनि अन्याय हामिले
ठुलाबदाहरु सोझोपनको फाइदाले मत्तिए ।।

15.
गजल
शब्दशब्दले तिमीलाई बचाई रहने छु
प्रत्येक पानापानामा जोगाई रहने छु

सयौं जूनी सँगै मर्न ,बाच्न पाउ भन्दै
मन्दिरमा सधै फूलपाती चढाई रहने छु 

सास रहेसम्म साथ दिने बाचा गर्दै सानू
सुख दु:खमा तिम्रो हात समाई रहने छु ।।

16.
गजल
फूल, माला , अबिर र कात्रो पनि दामी पाइन्छ
बाचुँन्जेल कोही हुन्न मरे लस्करै मलामी पाइन्छ

सजाई चिता  जलाउँछन्  खूब  मिहिनेत गरी
बिरामी हुँदाभने न डाक्टर न वैद्य धामी पाइन्छ

बाचुँन्जेल  मार्न खोज्छ  अनेक षड्यन्त्र गरी
मरेपछि सालिक बनाउने त्यही हरामी पाइन्छ

17.
गजल
फूल, माला , अबिर र कात्रो पनि दामी पाइन्छ
बाचुँन्जेल कोही हुन्न मरे लस्करै मलामी पाइन्छ

सजाई चिता  जलाउँछन्  खूब  मिहिनेत गरी
बिरामी हुँदाभने न डाक्टर न वैद्य धामी पाइन्छ

बाचुँन्जेल  मार्न खोज्छ  अनेक षड्यन्त्र गरी
मरेपछि सालिक बनाउने त्यही हरामी पाइन्छ

18.
सरकारी जागिरे उ जसले स्कुल पढाउछ
बिडम्वना अाफ्नो छोरा बोर्डिङ पठाउछ ।

रेष्टुरेन्टमा वेटरलाई सयौं टिप्स दिनेहरु
हटियामा बेच्ने सागको मुल्य घटाउछ ।

गरिबीको भर्याङ बनाई सत्तामा पुग्नलाई
गाउको सोझो जनताको बलि चढाउछ।

19.
सहरका डाक्टर पीड़ित थिए,बिरामी नपाएर।
गाऊँका गाऊँले हैरानिमा थिए, धामी नपाएर।
👴🏿👴🏿
यहाँ  सबका  सब ,अनेकौ  समस्यामा  छन्,
लाश घाट लान  सकिएन ,मलामी  नपाएर।

👴🏿👴🏿
खेतबारी  बाँझै छन्, हिजोआज  गाऊँ घरमा,
खनजोत गर्ने युबा पिडी, तिमी हामी,नपाएर।

20.
सुख दु:ख आधा आधा भागेकी छु मैले !
हरेक खुशी तिम्रै लागि मागेकी छु मैले!

चुरा पोते मेहेंदि सँग सजिएर मन्दिरमा,
यो तीजमा ब्रत☺️बस्न लागेकी छु मैले !

जूनिभरी साथ दिने कसम खादै प्यारा,
तिम्रै तस्बिर दिलभित्र टागेकी छु मैले !

21.
 गरिबी र अन्धकार ले घाम देख्न पाउन्
   बेचेर धर्म नखाउ नेता राम देख्न पाउन् 

   हजारौं छन् हाम्रो नेपाल भित्र नेता हरु
   असल नेता कहाँ छन् नाम देख्न पाउन्

   त्यो पाैरखी हात बिदेशीन बाध्य नहाेस्
   मेहनत र पसिना काे दाम देख्न पाउन् ।।

22.
आजभोली जताजतै सवै जना फोटो फोटो!
वुढावुढी भन्ने गर्थे पार्छ यस्ले आयु छोटो!

आजै मरौं के को वाल तर फोटो खिच्नै पर्यो!
सुंगरमुखे थुतुनोको सेल्फी अप्सन थिच्नै पर्यो!

मलामी होस् क्रियापुत्री फिलीङ पेन लेख्नै पर्यो!
वनावटी निधाउरो फेस दुनियाले देख्नै पर्यो!

23.
कहिले हत्या त कहिले बलात्कार यस्तै हो देश
अपराधी फूलमालाको  हकदार  यस्तै हो देश।

राजधानीमा महल ठड्याएका छन् दलालहरू।
चेली बेचेर दुबई साउदी र कतार यस्तै हो देश।

अति भो चोैकमा झुन्डियाई देउ बलात्कारीलाई
कसैको बिन्ती सुन्दैनन बालुवाटार यस्तै हो देश।

24.
घर ऑगनको अगाढी नै धुडा टेकेउ छोरी।
एका बिहानै कुन् दुष्टको मुख देखेउ छोरी।

रोई रहेछन् सबका नयन हृदयमा  रेटिएर
पुर्णिमाको चाॅदलाई ग्रहण झै छेकेउ छोरी।

न्याय  पक्कै पाईन्न राक्क्षसहरुको  राष्ट्रमा
बा आमा कोमल मुटु अगेनोमै सेकेउ छोरी।।

25.

भकारिमा  अन्नको, दानो 🌽थिएन।
नचुहिने  घरको  🏠, छानो   थिएन।

आफ्नै   बाध्यताले , अरब  भासिदा,
प्यारिको आँखा,👀ओभानो थिएन।

सँधै सम्झनामा, आईरहन्छिन र पो !
त्यसैले  यो  परदेश, बिरानो  थिएन।

एकदिन ऊ  अरूकै, भई भन्ने सुन्दा,
मुटु 💖 टुक्रा पार्ने ,अचानो  थिएन।

शुक्रवार, 17 अगस्त 2018

नेपाली गजल (Nepali Gajal)

timi ra ma, nepali gajal, nepali status, whatapp status, status

1.#गजल
एउटा जीवन बाँच्न कैयौ चोटि मर्नु पर्छ
तिमी भन्छौ रुँदा पक्का आँशु झर्नु पर्छ

यो पत्थरमा हेर ,मैले प्राण फुकिदिएँ
यसले म माथि नै अब शासन गर्नु पर्छ

किनार चुमि बस्नु समयको बर्बादि हो
यस्तो प्यास मेट्न तिम्ले सागर तर्नु पर्छ।

2.गजल 

आज चाहिँ त्यो मोरालाइ, सताइदिन्छु जे त होला
यो गर्मीमा भित्रै देखि~~ तताइ दिन्छु जे त होला

सपनामा देखेँ भन्दै,  मिठा मिठा~~ कुरा गर्दै
कल्पनामै नयाँ स्वाद, चटाइदिन्छु जे त होला

हिउँ पनि पग्लिजान्छ घामको राफ पायो भने
होश हवाश उड्ने गरि, मताइदिन्छु जे त होला

3.
खोला तरेको पनि कर लाग्छ रे अव त
डेरा सरेको पनि कर लाग्छ रे अव त॥

सम्हालिनु जहाँ पायो त्यही नरुनु कोही,
आँसु झरेको पनि कर लाग्छ रे अव त।

 उल्लंघन गरि सक्यो प्रकृति को नियम,
 जन्मे मरेको पनि कर लाग्छ रे अव त।

 आफ्नै कुवा निशुल्क नठान्नु कसैले,
 पानी भरेको पनि कर लाग्छ रे अव त॥

4.
म फुले भने
तिम्रै हृदयमा फुल्नेछु

म भुले भने
तिम्रै यादमा भुल्नेछु

म हासे भने
तिम्रै खुसीमा हाँस्नेछु

म रोए भने
तिम्रै बेदनामा हुनेछु

म पोखीए भने
तिम्रो सिउँदो भरी हुनेछु

म निदाए भने
सपनिमा तिम्रो समीप हुनेछु

म हराए भने
तिमीलाई कल्पनाको अङ्गालोमा
छातीभरी अटाइ रहेको हुनेछु😍

5.
आज आफै दोधारमा छु।
जित-हारको संघारमा छु॥

कसरी पारी तारुँ तिमीलाई,
आफै डुबाउने जंघारमा छु।

नखोज्नु डालीको फुलमा,
भुईमा लत्रेको झारमा छु।

थामी राख्नु आफ्नो ईज्जत,
हर क्षण यहि आभारमा छु।

नलगाए मन दाया बाया,
म पनि त निकै हतारमा छु।

तिम्रो सपना पूरा गर्न,
एक्लै साउदि कतारमा छु॥

6.
यहाँ शब्द शब्दमा पोखिन्छ माया।
धन सम्पत्ति सँग जोखिन्छ माया॥

मन कोसँग मिलेको छ थाह हुदैन,
कसैको दौलतमा गई ठोकिन्छ माया।

अहँ बिस्वास त पटक्कै छदै छैन,
स्वार्थ पूरा गरेपछि रोकिन्छ माया।

अदृश्य भावना पो हुनुपर्ने थियो,
गरुँगो समान झैं बोकिन्छ माया॥

7.
तिम्रो घर तिम्रो मेरो कुरा लेराआउछु।
ज्योतिषी र मान्यजन पूरा लेराआउछु॥

जवरजस्ती हुन सक्छ देनन भने बा ले
तेसैले त दुई चार जना शुरा लेराआउछु

दिदै दिन्न भनछन अरे तिम्रा दाजु भाईले
तिमलाई पाउन जेनि गर्छु छुरा लेराआउछु

साम दाम दण्ड भेद अपनाउने सोच छ
शंका छैन ढुक्क सग चुरा लेराआउछु॥

8.
म गर्व गर्दछु, तिमि घमण्ड गर्छौ
यही फरक छ, संस्कार र रीतमा

तिमि किन्न चाह्यौ~ म चिन्न चाहें
यही त फरक छ~ प्रेम र प्रीतमा

तिमि धनको कुरो गर्छौ,म मनको
यही त फरक छ,कर्म र नसीबमा

तिमि कुकुर पाल्छौ,म गाई पाल्छु
यही त फरक छ~धनी र गरीबमा

9.
यही मृत्तिकामा झरेको निकै भो ।
तिमीले गुनासो गरेको निकै भो ।।

म हेर्दैछु पैसा तिमी बालबच्चा ।
त्यसैले नि माया मरेको निकै भो ।

कतै छैन आगो कतै छैन सूर्य ।
यहाँ रात साँच्चै परेको निकै भो।

कहाँ थेग्न सक्थे सधैं भोक तिर्खा 
हुँदा पीर डेरा सरेको निकै भो ।।

10.
जाबो एउटा पेट पाल्न के-के गर्नु परेन ?
कतै साचो कतै झुटो बोलेको छ यो ज्यानले

घाम लाग्दा घामै छिर्ने पानी पर्दा पानी छिर्ने
यस्तो ओड़ो शुद्ध धरी ओडेको छ यो ज्यानले

श्रम बेच्न नपाएर आफैलाई बेच्नु पर्यो
दुखियाको भाग्यै सस्तो बुझेको छ यो ज्यानले

11.
सँगै बस्न  गतिलो धुरी भएन।
भकारीमा धानको मुरी भएन॥

टाठा बाठा गाउँमा टिकेकेै छन,
आफ्नो त केही चुरिफुरी भएन।

वारि बाँझो छ उनी शहरमा,
सहयोग गर्दिने पाखुरी भएन।

मिहिनेत गर्थें आफ्नै ठाउँमा
राम्रो ज्याला मजदुरी भएन।

राजनीति गर्ने मौलाएकै छन,
त्यहि गर्न नी बहादुरी भएन॥

12.
पहिले गुरूले सिकाए,अहिले चेलाले सिकाए।
दुबैलाई दुबैका  आ-आफ्ना, बेलाले सिकाए।

दायाँ बायाँ दुबैमा छचल्किने ,👁👁नयनका,
आँसुका भेल रोक्न भने,यिनै परेलाले सिकाए।

जिन्दगी का हरेक  मोडमा, चुनौती  थपिए पनी,
जिबन जिऊनेकला,हत्केलाका ठेलाले सिकाए।

13.
मान्छेले असीमित रहर बनायो।
आफैंलाई पिउन जहर बनायो॥

जित्न थाल्यो प्रकृती लाई पनि,
जंगल फडानी गरी शहर बनायो।

प्रतिस्पर्धा गरि आफू-आफुमा,
जित र हार को लहर बनायो।

मारेर बलवान पशु लाई पनि,
आफ्नो पौष्टिक आहर बनायो।

कदापि सकेन मृत्युु लाई जित्न,
नचाहेरै जानुपर्ने ठहर बनायो॥

14.
आउँछु भनी मलाई किन ढाँटयौ निष्ठुरी?
धन सँग माया किन साँटयौ निष्ठुरी??

यदि मेरो गल्ती भए सम्झाउन सक्थेउ,
अर्काको जुठो किन चाटयौ निष्ठुरी?

नजिकको मन मन्दिरलाई चिन्न नसकेर,
नौ डाँडा पारि किन आँटयौ निष्ठुरी?

बिस्वास गरि तिमिलाई मन पेट खोल्दा,
दुष्मन सामु मेरै कुरा काटयौ निष्ठुरी??

15.
हाम्रो घरबार चल्दै थियो।
धिपधिप दियो बल्दै थियो॥

अनायासै खोई के सोचि,
भरखर प्रेम फल्दै थियो।

छाडछु भनी धम्कि दिई,
शंका ले दिल जल्दै थियो।

जसोतसो जोगाई राखें,
तैनि यो मन गल्दै थियो।

कचकच लेत सिमा नाघ्यो,
सोचेँ यो ज्यान ढल्दै थियो।

बच्चा थिए र विवश भएँ,
भाग्यले पनि छल्दै थियो॥

16.
म आफै बेसहारा,
तिमीलाई सहारा कसरी दिनु ?
आफ्नै आंसु भारी छन, 
तिम्रा कसरी पिउनु ?
आफै मृत्यु कुर्दै छु,
तिम्रो लागि कसरी जिउनु?

17.
सपना त्यो बेला पनि देखिन्थ्यो
जुन बेला 
मेरो सपनाको भुगोल भित्र
मात्र म अटाउँथे !
सपना अहिले पनि देखिन्छ
तर अहिले
मेरो सपनाको भुगोल भित्र
सिङ्गो भूगोल अटाउँछ !
हो! मेरा सपना
अब मेरा मात्र रहेनन् ।
किन कि 
म बाँच्ने कुनै बेग्लै भूगोल छैन ।

18.
कहिलेकाहि किनहोला भेटमै रिसाउने
मन बिसाउन पाकै छैन गेटमै रिसाउने

निष्ठुरिलाइ खुशीपार्न कहिल्यै सकिएन
जहिलेभयो मानै खोज्ने रेटमै रिसाउन

कहिले होला मेरोराजा यता आउनुभन्ने
बोली भुइँमा खस्याछैन नेटमै रिसाउने

कालो दिधारगोरो हुन्थ्यो खुशी भइबस्दा
खुशी फूल्न कैल्यैपान मिनेटमै रिसाउने

19.
घरको यादले सताउछ मन जल्छ आमा !
अर्धचेत भै प्रदेश मा शरीर ढल्छ आमा !

दु:ख परे साथ दिने छैनन् कोहि साथमा,
भाग्य पनि खोटो भै मैलाई छल्छ आमा !

मेशिनको झै काम यता दु:ख पनि अति ,
थकित हुन्छु मेरो शरीर सार्है गल्छ आमा!

20.
साथीभाईको समझना, यसरी नै मेटिए।।
बाल्यकाल गाऊँ घरमै, गुजारामा रेटिए।।

साहित्यमा रमाउने, मान्छे थिए कहिले।।
आजभोली ट्विटर, फेसबुकमा भेटिए।।

सुनौलो भबिष्य, कैद गरेर सञ्जालमा।।
अपरिचित भई, स्मार्टफोनमा समेटिए।।

21.
दुई चार पैसा कमाउन मुग्लान पसियो।
सुखी जिवन  बनाउन मुग्लान पसियो।

अहिले दु:खगर्दा पछि सुख मिल्लाकी?
परीवारमा सधैँ रमाउन मुग्लान पसियो।

गैरी घरका माजनबा दिनै कचकच गर्ने;
साहुको बचन थमाउन मुग्लान पसियो।

दु:ख गरे बा आमाले खाई नखाई सधैँ;
बुढेसकालमा हँसाउन मुग्लान पसियो।

22.
तिमी त गाउँकी जुन थियौ ,
शहर आए पछि सुन भईछौ।

त्यसैले त मोल तोल हुँदो रहेछ,
जसले पनी फुक्ने बेलुन भईछौ।

अब रहला र चुरिफुरी कति दिन?
कुनै दिन तरकारीको नुन हुनेछौ।

साथ छाड्ने छन स्वार्थी सबैले,
अन्न सँगै पिसिने घुन हुनेछौ ॥

23.
उनी सँग छुटेदेखि हाँस्ने खेल्ने बानी हरायो
यस्तो लाग्छ जिन्दगी मिठो कहानी हरायो!!

 भुल्छु भनेर भुल्न कहाँ सकिन्छ र यादहरु !
उसै सँग जोडिएको एउटा जिन्दगानि हरायो

अब त दिन पनि रात जस्तै लाग्न थाल्यो सधैं 
अन्धकार छाएपछि,सुन्दर त्यो बिहानी हरायो।

24.
पापी समाजले जाल पार्यो।
निर्दयी अाएर काल पार्यो॥

आफ्ना बहर काममा हिँडे,
अर्काको गोरुले ताल पार्य‍ो।

घर छाडेर डेरा सरे पछि,
खराब जतिलाई माल पर्यो।

पाप कति टिक्थ्यो र हजुर,
जरुवा परेछ र गाल पार्यो॥

25.
म कुरेर बस्छु तिमी लुकेर आउनु।।
दुश्मनले देख्लान् आँखा छलेर आउनु।।

फोन गर्नलाई पैसा मोबाईलमा छैन,,
मीस्कल गर्छु तिमी बुझेर आउनु।।

कुरा काट्ने कुरौटेको कमी छैन यहाँ।।
नचिनिने गरी सल ओढेर आउनु।।

घरमा पनि गाह्रो होला तिमीलाई,,
साथीकोमा जान्छु भनि ढाँटेर आउनु।

26.
छोरो थियो र त केही पाउने आश आयो।
डेरा छाडिय‍ो आफ्नै पक्कि बास आयो॥

जिन्दगी ज्याला मजदुरिमा नै बित्दै थियो,
बिदेशी पैसा आउन थाल्यो र सास आयो।

गरिबको खुशी धेरै देख्न चाहेन पापि दैबले,
२ बर्ष नपुग्दै बाकसमा छोराको लास आयो।।

27.
छेकेर मृत्यु छेकिने भए !
हेरेर काल देखिने भए !!
मान्छेले आफ्नो भाग्य आफै लेख्थ्यो होला ,
भाबिले लेखेको मेटिने भए ॥

जोखेर माया जोखिने भए !
अशुद्ध आत्मा चोखिने भए !!
माया राख्ने पनि सुरक्षित गोदाम हुन्थ्यो होला ,
सामान जस्तो पोखिने भए ॥

28.
घरै माथी देखि पहिरो खसेको देख
बेसिखेत फाँटमा बाढी पसेको देखे

देखेँ सपना विहान बिउँझने बेलामा
प्रकृतिले मेरे गाँउ लाई डसेको देखे

मरेछन् टुल्के ठुले माईली साईलीहरु
मलामीले कात्रो र अर्ति कसेको देखे

सहयोग भन्दै नेताले राजनीति पो गरे
भावनात्मक भोटको मलम घसेको देखे

29.
टाढा थियौ बस्ति देखि,जुनेली को रात थियो।
एकान्तमा हामी दुईको,हात माथि हात थियो॥

अन्माएको दुलही झै टोलाएर बसेकि थिईन,
झुकेका ती परेलिमा, मात माथि मात थिय‍ो ।

बोल्न खोज्दा सर्माएर अर्को तिर फर्किएकि,
लुकि हेर्दा अनुहारमा, चाहनाको खात थियो॥
एकान्तमा हामी दुईको,हात माथि हात थियो।।

30.
कहिले अाँखाबाट अाशु पोखेर रोएँ
कहिले दुख अनि सुख जोखेर रोएँ

सुख भन्दा वझिलो दुखको तराजु
थामिएन मनमा  अनेक सोचेर रोएँ

सम्झिएर हलुका कोखिलामा राखे
गह्राै भो अनि थाप्लामा बोकेर रोएँ

गन्तव्य भेटन हिडेको यो जिन्दगी
अनगिन्ती पाईला पनि रोकेर रोएँ।।